+
+

डोटीको बस दुर्घटनामा को-को दोषी ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २१ गते १९:२०

दसैंका बेला खचाखच यात्रु लिएर डोटीबाट कैलालीतर्फ झर्दै गरेको बस सोमबार दुर्घटनाग्रस्त हुँदा ३० जनाको ज्यान जानुका साथै त्यसको दोब्बर संख्यामा यात्रुहरु घाइते भए । यो दुर्घटनालाई लिएर एमाओवादी लगायतका केही दलहरुले सरकार र प्रहरी प्रशासनको लापरवाहीलाई मुख्य कारण बताए ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले बस दुर्घटनामा हुनुमा घुस खाएर जथाभावी लाइसेन्स बाँड्ने सरकार र थोत्रा बसमा यात्रु कोच्ने बस व्यवसायी मुख्य दोषी रहेको बताएका छन् भने राष्ट्रिय जनमोर्चाकमा अध्यक्ष चित्रबहादुर केसीले स्थानीय प्रशासनको लाचारीका कारण दुर्घटना भएको दाबी गरेका छन् ।

तपाईको विचारमा यसरी दुर्घटना हुनुमा कस्तो दोष होला ?

१. सीट क्षमताभन्दा बढी यात्रु चढाउने र थोत्रो गाडीलाई प्रयोगमा ल्याउने यातायात व्यवसायी नै मुख्य दोषी हुन् । ती व्यवसायीलाई छानविनको दायरामा ल्याई कारवाही गरिनुपर्छ ।

२. सीट छैन भन्ने जान्दा जान्दै बसमा चढ्ने यात्रुहरु नै दोषी हुन् । पहाडको बाटोमा त्यसरी खचाखच भरिएर हिँड्नु हुँदैन भनेर यात्रुलाई शिक्षा दिन जरुरी छ ।

३. गाडी थोत्रो छ कि छैन, चालकको लाइसेन्स नक्कली छ कि सक्कली छ, अनि यात्रुहरु छत वा ढोकाबाहिरसम्म खचाखच भरिएका छन् कि छैनन् भनेर जाँचबुझ गर्ने काम ट्राफिक प्रहरीको हो । प्रहरीले यसमा ध्यान नदिँदा दुर्घटना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment