+
+

सहमति नभए तीनदलका नेतालाई के गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ३० गते २०:०५

संविधानसभाले सहमतिका लागि दिएको समयसीमा सकिनै लागेको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिलाई संविधानसभाले शुक्रबार दिनभरिमा प्रतिवेदन बुझाइ सक्न भनेको छ ।

MEETINGकांग्रेस, एमाले र एमाओवादीवीच दिनरात छलफल गर्दा पनि शुक्रबार अबेरसम्म सहमति भएन भने संविधानसभाले या त प्रचण्डले भनेजसरी कार्यतालिका फेर्नुपर्ने हुन्छ, या कांग्रेस र एमालेका नेताले भनेजसरी बहुमतीय प्रक्रियामा प्रवेश गरेर भए पनि संविधान बनाउनुपर्ने हुन्छ ।

तपाईको विचारमा असोज ३१ गतेको समयसीमाभित्रै तीन दल सहमतिमा पुगेनन् भने कसरी अगाडि बढ्दा उचित होला ?

१. सहमति भएन भने संविधानसभाले प्रक्रियामा प्रवेश गरेर बहुमतका आधारमा संविधान बनाए हुन्छ ।

२. बहुमतीय प्रक्रियाबाट संविधान लेख्नु उचित हुँदैन । त्यसैले संविधानसभाको कार्यतालिका परिवर्तन गरेर फेरि सहमतिका लागि प्रयास गर्नुपर्छ ।

३. सहमति नगर्ने दलका शीर्षनेतालाई सिंहदरबारभित्रै थुन्नुपर्छ र त्यही भातपानी लगिदिएर सहमति नगरेसम्म बाहिर निस्कन दिनुहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment