+
+

तिहारमा झिलीमिली बत्ती नबाल्ने र ७ बजेपछि भैलो खेल्न नपाउने नियम तपाईलाई कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ३ गते १४:५८

गृहमन्त्रालयले यसपालिको तिहारमा बेलुका सात बजेपछि देउसी भैलो नखेल्न आग्रह गरेको छ । त्यसैगरी लोडसेडिङको मार खेपिरहेको भन्दै नेपाल विद्युत प्राधीकरणले तिहारमा झिलिमिली बत्ति बालेर धेरै बिजुली खर्च नगर्न आग्रह गरेको छ ।

Home_ministry_nepalतपाईलाई गृह मन्त्रालय र विद्युत प्राधिकरणको यस्तो उर्दी कस्तो लाग्यो ? आफ्नो मत व्यक्त गर्नुहोला

१. संकटकाल लागेका बेलामा त तिहारमा रातिसम्म देउसी भैलो खेल्न पाइन्थ्यो । गणतन्त्रमा यस्तो बञ्देज लगाउनु र सुरक्षा दिन सकिँदैन भन्नु सरकारको लाचारीपन हो ।

२. रातिको मामिलामा सरकारले कडाइ गर्नु ठीकै हो । रातमा झगडा हुने भएकाले गृहमन्त्रालयको उर्दी एकदम ठीक छ ।

३. तिहारमा अनावश्यक झिलीमिली बनाउँदा कस्मेटिक खर्च बढ्छ र विद्युतसमेत अनावश्यक खर्च हुन्छ, त्यसैले प्राधीकरणको आग्रह ठीक छ । चाडबाडमा फजुल खर्च र तडकभडक नगर्नु राम्रो हो ।

४. दिपावलीमा पनि बिजुली बाल्न नपाए कहिले बाल्नु ? प्राधीकरणको निर्णय मानिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment