+
+
Shares

नेप्से घट्यो, युनिलिभरको सेयर १५४ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ १३ गते ९:५१

१३ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जको कारोबार सूचक नेप्से परिसूचकमा आज ०.९४ अंकले गिरावट आई ५५१.२३ अंक कायम भएको छ । वाणिज्य बैंक समूहको सूचक २.९५ अंक घटेर ५३४.१३ अंक कायम भएको छ ।

आज १०८ कम्पनीको २ हजार पटक कारोबार भएको थियो । ६ लाख १६ हजार कित्ताको कारोबारबाट २२ करोड ६२ लाख रुपैयाँ कारोबार भएको छ ।

युनिलिभर कम्पनीको सेयर मूल्य आज १५४ रुपैयाँले बढेर १०२०० रुपैयाँ कायम भएको छ । तर यो कम्पनीको सेयर १० कित्ता मात्र कारोबार भएको छ । चिलिमे हाइड्रो पावर कम्पनीको सेयर मूल्य ८७ रुपैयाँ बढेर १५३४ रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सको २५ रुपैयाँ बढेर ३०३ र एलायन्स इन्स्योरेन्सको २३ बढेर २५८ रुपैयाँमा कारोबार बन्द भएको छ । हिमालयन इन्स्योरेन्सको पनि ५० कित्ता मात्र कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?