Comments Add Comment

असोज २७ गते संसदबाट बजेट पारित हुने

BICC-Nepal२४ असोज, काठमाडौं । प्रमुख दलहरुबीच असोज २७ गते संसदबाट आर्थिक वर्ष २०७१/७२ को वार्षिक बजेट पारित गर्ने सहमति भएको छ ।

तीन दलका शीर्ष नेताहरुको बैठकपछि शुक्रवार संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले असोज २६ गतेसम्म सबै मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सकेर २७ गते बजेट पारित गर्ने निर्णय गरेको हो ।

एमाओवादी सहित विपक्षी दलहरुको निरन्तर सदन अवरोधका कारण बजेट पारित हुन नसक्दा मन्त्रालयहरुका कामकारवाही प्रभावित भएका छन् ।

संविधानका विवाद मिलाउन पााच दिनको समय

तीन दलका शीर्ष नेताहरुको बैठकले संविधान निर्माणमा नमिलेका विषयहरुमा सहमति खोज्न थप ५ दिन समय माग्ने निर्णय गरे बमोजिम असोज ३१ गतेसम्म म्याद थप्ने निर्णय समेत समितिले गरेको छ ।

शुक्रवार संवाद समितिको प्रतिवेदनमाथि छलफल हुने र नमिलेका विषयहरु मिलाउन पुनः समितिमै पठाउने तथा ३१ गतेसम्मको समय दिने निर्णय भएको छ ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले असोज ३१ भित्रमा सबै विषयमा सहमति जुटाउने अपेक्षा नेताहरुले गरेका छन् ।

शासकीय स्वरुप र संघीयताबारे दलहरुबीच अनौपचारिक छलफलहरु भइरहेका र सहमतिका सम्भावना बढ्दै गएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment