Comments Add Comment

केकी भन्छिन्- सधैं हाँसिरहने मान्छेले खै कसरी आफ्नै प्राण लिए !

keki-adhikari-onlinekhabarनिर्देशक आलोक नेम्वाङको मिजास र हँसिलो चेहरा झल्झली सम्झिरहेकी छिन् नायिका केकी अधिकारी । सधै हाँसी-हाँसी काम गर्ने/गराउने मान्छेले आफ्नै प्राण लिएको सुन्दा सुरुमा त केकीलाई विश्वासै लागेन । यथार्थ त्यहि थियो । उनी भन्छिन ‘सधै हाँसी-हाँसी काम गर्ने मान्छे खै कसरि झुण्डिए ?’

५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी केकी अधिकारीले आलोक नेम्वाङसंग ७ वटा भिडियोमा काम गरिन् । गायक हेमन्त शर्माले चार वर्ष अघि भेट गराएका थिए केकी र आलोकलाई ।

म्युजिक भिडियोमा काम सुरु गरेसँगै आलोकको बारेमा सुनेपनि भेट भएको थिएन । ‘आलोक नेम्वाङ सबैभन्दा राम्रो मान्छे हो भन्ने धेरैबाट सुनेकी थिएँ ।’ केकीले अनलाइनखबरसँग कुरा गर्दै भनिन् ।

उनीहरुको भेट कामकै शिलसिलामा भएको थियो । हेमन्तको गीतको भिडियो निर्देशन आलोकले गर्ने भएका थिए भने मोडलका रुपमा केकी । मोडल र निर्देशकवीच चिनाजानी गराउने काम हेमन्तले गरे ।

भेट हुने बित्तिकै नमस्कार गर्नै भ्याइनन् केकीले । हाई भन्दै आलोकले भने ‘मलाई तपाइसँग काम गर्न मन लागेको थियो,’ केकी अहिले पनि सम्भिmन्छिन् ‘म त त्यतिवेला अलमलमा परेँ किनकी उहासँग काम गर्ने रहर मलाई लागेको थियो । तर, उहाँले म ठूलो मान्छे भए जसरी कुरा गर्नु भयो ।’

कहिल्यै रिसाएनन्

केकीको बुझाइमा सबैभन्दा रोमान्टिक निर्देशक हुन् आलोक । हरेक काम गर्दा हाँसी-हाँसी गर्ने र जिस्कने शैलीको तारिफ गर्छिन् केकी । ‘उहाँले जस्तै सहज भएर अन्य निर्देशकले काम गरेको थाह पाएकी छैन,’ केकीले भनिन् ।

कलाकार एवं प्राविधिकसँग निकै राम्रो ब्यवहार गर्थे उनी । सुटिङ स्पटमा काम गर्ने जोसुकैसँग मिठो बोल्ने आलोकले कहिल्यै कुनै पनि कुरामा झर्कोफर्को गरेनन् । कलाकारले गलत किन नगरोस् उनी सिकाइरहन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment