Comments Add Comment

नेविसंघलाई सुशील कोइरालाले पंगु बनाएः महर

nc student-SHUBHARAM BASNETgroop३० कात्तिक, काठमाडौं । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन ७ औं पटक स्थगित हुनुमा पार्टीका संस्थापन पक्षको गलत नियत कारण रहेको शेरवहादुर देउवा पक्षधर विद्यार्थी नेताहरुले आरोप लगाएका छन् ।

देउवा पक्षधर विद्यार्थी नेताहरुले चुनावमा संस्थापन पक्षले आफ्ना पक्षका नेताहरुलाई टिके प्रथाबाट नेतृत्वमा अनुमोदित गर्न खोज्दा महाधिवेशन स्थगित भएको आरोप लगाएका हुन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउवा पक्षधर विद्यार्धी नेता एवम अध्यक्षका उम्मेदवार नैनसिंह महरले नेविसंघलाई पार्टी सभापति सुशील कोइरालाले सात वर्षदेखि पंगु बनाउन लागि परेको आरोप लगाए । महरले संस्थापन पक्षले आफू पक्षका नेताहरुले चुनाव नजित्ने निचोड निकालेर महाधिवेशन स्थगित गरेको बताए । उनले त्यसको विरुद्धमा भण्डाफोर गर्न आन्दोलनको घोषणा समेत गरेको जानकारी दिए ।

त्यस्तै पूर्व उपाध्यक्ष गणेश विष्टले पार्टीका बलियो आधार नै नेपाल विद्यार्थी संघ भएको बताउादै पार्टी नेतृत्वले पटक-पटक महाधिवेश स्थगित गरेर विद्यार्थीहरुको भविष्यमाथि खेलबाड गरेकोमा आक्रोश पोखेका छन् ।

कार्यक्रममा उपाध्यक्षका उमेद्धवार तीर्थ गौतम, पुष्प शाही, पवन यादव, द्रोण कुवार, खड्ग सुब्बा, केशरजंग शाही, रविन्द्र शाह लगायतले पटक-पटक पार्टीले महाधिवेशन स्थगित गरेर जग हँसाएको भन्दै सार्क शिखर सम्मेलन भन्दा अघि नै महाधिवेशन हुनुपर्ने माग राखेका थिए ।

उनीहरुले आगामी मंसिर १ गतेदेखि पाँच गतेसम्म शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने, मंसिर ६ गते नेविसंघ केन्द्रीय कार्यालय तालाबन्दी गर्ने आन्दोलन कार्यक्रम सार्वजनिक गरेका छन् ।

त्यस्तै, मंसिर ७ गते प्रधानमन्त्री निवास बालुवाटार, पार्टी केन्द्रीय कार्यालय सानेपा र पार्टीका सबै जिल्ला पार्टी कार्यालयहरुमा नारा, जुलुश, धर्ना, अनशन, आमरण अनशन गर्ने लगायतका कार्यक्रमहरु समेत गर्ने जानकारी दिएका छन् ।

यो पनि पढ्नु होस्
नेवि संघ स्थगित हुनुको दोष देउवा पक्षलाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment