Comments Add Comment

रसभरी कसको ? भारतका दुई राज्यबीच मच्चियो विवाद

Rasgulla1

पहिलोपटक भारतमा उत्पादन भएर अहिले विश्वव्यापी बनिसकेको चर्चित मिठाइ रसभरी (रसगुल्ला)को जन्मका विषयमा भारतका दुइ राज्यबीच संघर्ष चलेको छ ।

रसभरीको जन्म आफुकहाँ भएको भन्दै ओडिसा र पश्चिम बंगाल राज्यबीच विवाद उत्पन्न भएको हो ।

ओडिसा सरकारले राष्ट्रिय राजमर्ग नम्बर ५ स्थित कटक र भुवनेश्वरको बिचमा पर्ने पाहालमा पाइने चर्चित रसभरीलाई भौगोलिक संकेत अर्थात जियोग्राफिकल इण्डिकेसन (जिआइ) मान्यता दिलाउने प्रयास गरेपछि पछिल्लो विवाद सुरु भएको हो ।

जिआइ त्यस्तो चिन्ह हो जुन कुनैपनि उत्पादनमाथि त्यसको स्थान विशेषको पहिचना बताउनका लागि प्रयोग गरिन्छ । भौगोलिक संकेतीकरणबाट उक्त उत्पादनले त्यस भौगोलिक क्षेत्रको कुन विशेषता बोकेको हुन्छ भन्ने कुरा पनि थाहा हुन्छ । आफ्नो राज्यको उत्पादनलाई उडिसाले आफ्नो बनाउन खोजेपछि बंगाल राज्यले त्यसलाई कडा चुनौति दिन जुटेको छ ।

बंगालको दाबी
बंगालका चर्चित रसभरी उत्पादक केसी दासले प्रसिद्ध इतिहासविद हरिपद भौमिकको मद्धत लिएर यस्ता तथ्य समावेश गरी एक बुकलेट तयार पादैछन् जसले रसभरीको जन्म पश्चिम बंगालमै भएको पुष्टि गर्दछ ।

उक्त बुकलेटलाई पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई हस्तान्तरण गरिनेछ ।

बंगालको पहिले देखिकै दाबी के छ भने रसगुल्ला बंगालकै देन हो । तर अब ओडिसाले यसलाई चुनौति दिएको छ । ओडिसाको दाबी छ की सन् १८६८ मा बंगालमा रसगुल्लाको आविष्कार हुनुभन्दा डेढसय वर्ष पहिले यो रसिलो मिठाइको जन्म पुरीस्थित श्री जगन्नाथ मन्दिरमा भएको हो ।
Rasgulla
कसको हो रसभरी ?
यो विषयमा शोध गर्ने कतिपय विशेषज्ञहरुका अनुसार ‘निलाद्री विजे’ (रथयात्रापछि जुन दिन भगवान जगन्नाथ मन्दिरमा फिर्ता आउँछन्) को दिन भगवान जगन्नाथकी देवीलाई मनाउनका लागि रसभरी मिठाइ पकाएर चढाउने परम्परा कम्तिमा ३ सय वर्ष पुरानो हो ।

मान्यता अनुसार जब भगवान जगन्नाथ रथयात्राबाट फिर्ता आउँछन् त्यसबेला महालक्ष्मी उनीसँग रिसाएकी हुन्छिन् र दरबारको ढोका खोल्दिनन् । जगन्नाथले रथयात्रामा आफुलाई साथै नलगेको भनेर महालक्ष्मी रिसाएकी हुने मान्यता छ ।
यसरी रिसाएकी देवीलाई खुसी पार्नका लागि भगवान जगन्नाथले रसभरी दिन्छन् ।

जगन्नाथ संस्कृतिका विज्ञ सुर्य नारायण रथ शर्माको दाबी अनुसार भने यो परम्परा हजार वर्ष पुरानो हो ।

जादवपुर विश्वविद्यालयको खाद्य प्रविधि तथा बायोटेक्नोलोजी विभागका प्रमुख प्राध्यापक उत्पल रायचौधरीका अनुसार यो परम्परा १३ औँ शताब्दीदेखि चलिरहेको छ ।

बंगाली परिकारका विषयमा अनुसन्धान गरेकी पृथा सेनका अनुसार रसभरी ओडिसामै पैदा भएको हो र १८ औँ सताब्दीमा ओडिसाका मिठाइ पसलेको माध्यमबाट बंगालमा पुगेको हेा ।

तर भुवनेश्वरका बासिन्दा सागर सतपथी भने रसभरीको विषयमा बंगाल र ओडिसाबीचको विवादलाई निरर्थक भन्छन् । उनको भनाई छ, ‘रसभरी चाहे जहाँ पैदा भएको होस् त्यसले अर्थ राख्दैन,  केवल त्यसको स्वादले मात्र अर्थ राख्छ ।’बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment