+
+
Shares

साहरुख र आलियाले करणको चलचित्रमा रोमान्स गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ ३ गते ९:५५

aliya-sharukh

बलिउड वादशाह साहरुख खानले थुप्रै नयाँ तथा पुराना नायिकासँग रोमान्स गरिसकेका छन् । यसैले पनि होला उनलाई बलिउडमा ‘रोमान्सका राजा’ मानिन्छ ।

वुधबार बेलुका निर्देशक तथा निर्माता करण जोहरले लेखेको एक ट्विटले बलिउडमा मात्र होइन विश्वमै चर्चा पाएको छ । बलिउडमा भर्खरै पाइला चाल्दै गरेकी सुन्दरी आलिया भट्टसँग ५० बर्षको उमेरमा पुगेका नायक साहरुख खानले रोमान्स गर्ने खबरले खुबै हंगामा मच्चाएको छ ।
चलचित्र ‘इङ्लिस विङ्लिस’ निर्देशन गरेर चर्चा पाएकी गौरी सिन्धेले बनाउन लागेको नयाँ चलचित्रमा साहरुख र आलियाले रोमान्स गर्नेछन् । करणले ट्विटरबाट यो कुराको घोषणा गरेका हुन् । करणको ट्विट आउनुअघि साहरुखले उनलाइ भेटेका थिए ।

यो चलचित्रमा कम उमेरकी यूवतीले आफू भन्दा ठूला पुरुषसँग रोमान्स गर्नेछिन् । चलचित्रको बिषयवस्तुको बारेमा केही खुलाइएको छैन । यो चलचित्रलाई धर्मा प्रोडक्शनको साथमा साहरुख खानको रेड चिल्ली ब्यानरले निर्माण गर्नेछ । साहरुख र आलिया एकसाथ पर्दामा देखिने भएपछि अहिले यस बिषयमा खुलदुली पनि बढेको छ । आलियाले साहरुखसँग काम गर्न पाउँदा उत्साह व्यक्त गरेकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?