+
+

 बाबुरामको उपस्थितिमा जनकपुरमा नयाँ संविधान जलाउने

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १२ गते ११:४१

Baburam Bhattrai

१२ असोज, जनकपुर । जनकपुरमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको उपस्थितिमा नयाँ संविधानको प्रति जलाइने भएको छ ।

एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच मंगलबार भट्टराईको उपस्थितिमा नयाँ संविधानको मधेस विरोधी धाराहरूको प्रति जलाउने सहमति भएको हो । यससँगै मधेसी मोर्चाले पनि भट्टराईको स्वागत गर्ने भएको छ ।

भट्टराई नयाँ संविधान निर्माणका सबैभन्दा महत्वपूर्ण मानिएको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति थिए । तर, नयाँ संविधाान घोषणासँगै भट्टराईले सार्वजनिक रुपमै मधेसी, थारु, जनजातिलाई सम्बोधन नभएको भन्दे असन्तुष्टि जनाएका थिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले शनिबार एमाओवादी र संसद सदत्य परित्यागको घोषणा गरे । तर, मधेसी मोर्चाले भट्टराईको जनकपुर भ्रमणमा अवरोध गर्ने बताएपछि राष्ट्रिय मधेसी मुक्ति मोर्चाले वार्ता गरेका थिए ।

वार्तामा नयाँ संविधानको मधेस विरोधी दफा जलाउने सहमति भएको राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले अनलाइनखबरलाई जानकारी दिए ।

‘यो संविधानको मधेस विरोधी दफाहरुको हामीले विरोध गर्दै आएका थियौं । उहाँहरुले त्यसलाई जलाउने माग राख्नु भएको थियो । हामीले सहमति दिएका छौं’ शर्माले भने ।

साथै माओवादीका नेताहरु माओवादीको व्यारनमा नभई मधेस जनआन्दोलन समिति, धनुषाको व्यानरमा आन्दोलनमा उत्रने सहमति भएको छ ।

नेता शर्माका अनुसार अब जनकपुरमा हुने भट्टराईको स्वागत कार्यक्रममा मधेसी मोर्चाका नेता कार्यकर्ता समेत सहभागी हुने छन् ।

यता बाबुरामका स्वकीय सचिव विश्वदीप पाण्डेले भने संविधानका कुनै पनि धारा जलाउने कार्यक्रम नरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?