Comments Add Comment

संविधान जलाउने कार्यक्रममा मेरो समर्थन हुन्न : बाबुराम

baburam Bhattrai

१२ असोज, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधान जलाउने कार्यक्रममा आफ्नो समर्थन नरहेको बताएका छन् ।

हालै एमाओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री डा. भट्टराई जनकपुर जाँदैछन् । उनको भ्रमणलाई लिएर विरोध भएपछि एमाओवादीका असन्तुष्ट मधेसी नेताहरु र मधेसी मोर्चाबीच नयाँ संविधानमा रहेको ‘मधेसी विरोधी’ धाराहरु जलाउने सहमति भएको थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईलाई जनकपुर लैजान लागेका माओवादी नेता रामचन्द्र झाले मधेस विरोधी धाराहरु अस्वीकार गर्ने सहमति भएको स्वीकार गरे । ‘गणतन्त्र, संघीयता लगायतका विषय अस्वीकार गरेको होइन’ झाले अनलाइनखबरसँग भने-मधेस विरोधी धारा अस्वीकार गर्ने सहमति भएको हो । र, त्यस्ता धाराहरु जलाउन सकिन्छ ।’

भट्टराईको स्वागतमा जुटेका राष्ट्रिय मधेसी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्मा पनि मधेस विरोधी धाराहरु जलाउने सहमति भएको बताएका छन् ।

तर, भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले भने संविधान जलाउने कुरामा भट्टराईको समर्थन नरहेको बताएका छन् । उनले भने, बाहिर बाबुराम भट्टराईको उपस्थितिमा संविधान जलाउने कुरा आएको छ । त्यस्तो कुरामा उहाँको समर्थन छैन ।’

भट्टराईको एक मात्र लक्ष्य पहाड र मधेस-तराईको दुरी कम गर्ने रहेको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment