+
+
Shares

नेविसंघ अब ‘कार्यात्मक स्वायत्तता’मा जान्छ : सभापति शेर्पा

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल विद्यार्थी संघले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै कार्यात्मक स्वायत्तता अपनाउने निर्णय गरेको छ।
  • नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको भ्रातृ संगठन नभई शुभेच्छुक संगठनको रूपमा स्वायत्त रूपमा अघि बढ्ने घोषणा गर्नुभयो।
  • नेविसंघले आफ्नो विधान आफैँ बनाउने, नेतृत्व आफैँ चयन गर्ने र कार्यक्रम स्वतन्त्र रूपमा तय गर्नेछ भने सभापति शेर्पाले पार्टी नेतृत्वको अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको बताउनुभयो।

८ चैत, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।

नेविसंघका सभापति दुजाङ शेर्पाले अब नेविसंघ नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्र भएर नबस्ने बरु ‘शुभेच्छुक संगठन’ को रूपमा स्वायत्त ढंगले अघि बढ्ने घोषणा गरे ।

सभापति शेर्पाका अनुसार नेविसंघले अब आफ्नो विधान आफैँ बनाउने, आफ्नो नेतृत्व आफैँ चयन गर्ने र आफ्ना कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ ।

एउटा सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टीका पदाधिकारीहरूसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर भएको तर्क गर्दै उनले भने, ‘हामी नेपाली कांग्रेसको विचार, बीपी कोईरालाको लोकतान्त्रिक समाजवाद र पार्टीको आदर्शप्रति पूर्ण प्रतिवद्ध छौं, तर हरेक साना निर्णयका लागि पार्टी नेतृत्वको मुख ताक्ने अवस्था अब अन्त्य हुनुपर्छ हामी पार्टीभित्र एउटा ‘वाच–डग’ र सरकारको रचनात्मक प्रतिपक्षको रूपमा उभिन चाहन्छौं ।’

यो निर्णयलाई उनले ‘सेपरेसन’ भन्दा पनि विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘फङ्गशनल अटोनोमी’ को रूपमा बुझ्न आग्रह गरे ।

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन आगामी वैशाख २० र २१ गते प्रस्ताव गरिएको छ । शुक्रबार सुरु भएको नेविसंघको सिनेट बैठकमा अध्यक्ष शेर्पाले प्रस्ताव गरेको महाधिवेशनको कार्यतालिकाअनुसार वैशाख २० र २१ मा महाधिवेशन गर्ने कुरा उल्लेख छ ।

प्रस्तावित कार्य तालिकाअनुसार चैत १७ गते अधिवेशन प्रतिनिधि चयन/प्रतिनिधि नामावली प्रकाशन, चैत २५ गते माध्यमिक विद्यालयमा अधिवेशन, चैत २७ गते स्थानीय तहका अधिवेशन, चैत २९ गते क्याम्पस, कलेज, प्रतिष्ठान र सीटीईभीटीअन्तर्गतका शिक्षालयमा अधिवेशन, वैशाख ६ गते ७७ जिल्लामा अधिवेशन, वैशाख ८ र ९ गते क्याम्पस इकाई अधिवेशन, वैशाख १० र ११ गते विश्वविद्यालय क्याम्पस समिति र समन्वय समितिका अधिवेशन, वैशाख १५ गते प्रदेश अधिवेशन र २० र २१ गते केन्द्रीय महाधिवेशन गर्ने भनिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?