१२ असोज, जनकपुर । मधेसी मोर्चाका कार्यकर्ताले आफ्नो कार्यक्रम स्थलमा संविधान जलाउन खोजेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई कार्यक्रम छाडेर हिँडेका छन् ।
मधेसमा भइरहेको आन्दोलन बुझ्न भन्दै भट्टराई मंगलबार जनकपुर पुगेका थिए । उनको स्वागतमा धर्मशालामा कार्यक्रम राखिएको थियो ।
तर, कार्यक्रस्थलमा सहभागी मध्ये धेरैले नयाँ संविधान जलाउनुपर्ने माग गरेका छन् । संविधान जलाउने तयारी भएपछि भट्टराई कार्यक्रम छाडेर यात्री निवास फर्किए ।
उनले त्यही एमाओवादीका असन्तुष्ट मधेसी नेता र स्थानीयलाई सम्बोधन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4