१७ मंसिर, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल र भारतबीच बढेको असमझदारी छिट्टै हट्ने दाबी गरेका छन् ।
तीन दिने भारत भ्रमण पूरा गरी विहीबार स्वदेश फर्किएका उपप्रधानमन्त्री थापाले दुई देशको असमझदारी हटाउन आफ्नो भ्रमणले सघाइको बताए । ‘भारतीय विदेशमन्त्री सहितका अधिकारीसँग खुला र गहन बहस भएको भन्दै थापाले भने-‘चाडै स्थिति सुधार हुने अपेक्षा गरेको छु ।’
केही दिनमा नै परिणाम देखिने उनले दाबी गरे । उनले अनुमान र हल्लाको पछि नलागी परिणामको प्रतिक्षा गर्न आग्रह गरे । कतिपय विषय चर्चामा ल्याइए परिस्थिति विग्रन सक्ने भन्दै उपप्रधानमन्त्री थापाले भने-‘स्थिति सुधार हुन्छ । परिणामको प्रतिक्षा गरौं ।’
उपप्रधान तथा परराष्ट्रमन्त्री थापासँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौं फर्किएका छन् । भुटानका लागि राजदूतको समेत जिम्मेवारी पाएपछि उपाध्याय ओहोदाको प्रमाणपत्र बुझाउन थिम्पु जाने क्रममा काठमाडौं आएका हुन् ।
भिडियो
प्रतिक्रिया 4