Comments Add Comment

‘बाटो मुनिको फूल २’को व्यापारले दंग अशिष्मा, तर क्रेडिट कस-कसले लिने ?

s kumar richa and ashisma
३ नायिका, ३ नायक र ब्रान्ड बन्दै गरेको नाम, साच्चै चलचित्र चल्दाको क्रेडिट कस-कसले लिने होलान् ? २ दिन हलमा दर्शकको उपस्थिती सुखद देखेपछि अहिले चलचित्र ‘बाटो मुनिको फूल २’का कलाकार दंग छन् । निरन्तर असफल चलचित्र दिइरहेका यी सबै कलाकारलाई यो चलचित्रले दुई दिन सुखद व्यापार गर्दा खुशी लाग्नु स्वभाविक नै हो ।

नायिका अशिष्मा नकर्मीले आफ्नो खुशी फेसबुकबाट व्यक्त गर्दै दर्शकको साथ पाएको बताइन् । नायिका ऋचा शर्मा पनि गतबर्षको असफलतालाई यो बर्ष फेरि भोग्नु पर्दैन कि भन्ने आशमा छिन् । नायक यश कुमार हुन् या बाबु बोगटी, दुबैका लागि चलचित्र विशेष छ ।

नायक दीलिप रायमाझी र नायिका रीमा विश्वकर्मा नेपालमा नरहेकाले पनि यी दुइले यो सुखद क्षणलाई अनुभुती गर्न पाएका छैनन् । चलचित्र क्षेत्रमा आएको केही बर्षमा नै व्यस्त भएपनि नायिका अशिष्मा नकर्मीको चलचित्र चलेका छैनन् । यसैले चलचित्र चल्दा खुशी हुनु स्वभाविक नै हो ।

तर, यो चलचित्र कलाकारका कारणले मात्र चल्यो त ? विशेषगरि, ‘बाटो मुनिको फूल’ हिट भएकाले पनि दर्शकले यसलाई हेर्न आवश्यक ठाने । चलचित्रको कथावस्तु, गीतसंगीत गतिलो होला भन्ने आशा उनीहरुलाई छ ।

२ दिन चलचित्र चल्दैमा खुशी भैहाल्नुपर्ने अवस्था पनि हुँदैन । सिंगल थिएटरमा राम्रो व्यापार गरिरहेको यो चलचित्रले लगानी उठाएर निर्मातालाई सुरक्षित बनायो भने पक्कै पनि कलाकार खुशी हुने दिन आउला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment