Comments Add Comment

यो वियोगान्त चिठी, जसले ओली-प्रचण्डको प्रेम टुटायो

केपी ओलीको ढीलो काम गर्ने शैलीले सरकार संकटमा

Oli_Prachand Breakup

२२ वैशाख, काठमाडौं । संविधान निर्माण नहुँदैदेखि एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डवीच मित्रवत सम्बन्ध झाँगिएको थियो । यही सम्बन्धका कारण संविधान बन्न सक्यो र ओली प्रधानमन्त्री बने । नाकाबन्दी लगायतका कठिन घडीमा पनि प्रचण्डले ओलीलाई बलियो साथ दिए ।

अहिले प्रधानमन्त्री ओली र प्रचण्डवीच सम्बन्ध चिसिएको छ । तर, यसको सुरुवात केही दिनयता अकस्मात् भएको होइन, करिब एक महिना पहिल्यै प्रचण्डले ओलीलाई चिठी पठाइसकेका थिए ।

प्रचण्डले ओलीलाई गत चैत २५ गते चिठी पठाएका थिए । ‘कमरेड अध्यक्ष’ भनेर न्यानो सम्बोधन गरी पठाइएको यो पत्रमा ‘दुई पार्टीवीच उच्च नेतृत्व तहमा औपचारिक छलफल’का लागि सकारात्मक जवाफको अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीले प्रचण्डको यो चिठीलाई कार्यान्वयन नगरी ‘डस्टविन’ मा थन्क्याइदिए ।

mao_letter2हेर्नुहोस् पत्र 

पत्र पठाएको एक महिनासम्म पनि प्रधानमन्त्रीले कुनै रेस्पोन्स नगरेपछि यसैसाता बसेको एमाओवादी स्थायी समिति बैठकले एमालेसँग कडाइपूर्वक कुरा गर्ने निधो गर्‍यो । र, त्यसैको प्रतिफलस्वरुप मंगलबार बल्ल प्रधानमन्त्री ओलीले एमाओवादी शीर्ष नेतृत्वलाई बालुवाटारमा डिनरसहितको छलफलका लागि बोलायो । तर, यो बोलावट पनि ओलीको अग्रसरतामा नभई एमाओवादीकै जोडबलमा भएको थियो ।

आफ्नै सत्ता साझेदार दलले औपचारिक छलफलका लागि लिखित निवेदन हालेको एक महिनासम्म पनि प्रधानमन्त्री ओलीले कुनै रेस्पोन्स नगरेपछि एमाओवादी नेताहरु ओली सरकारलाई काँध थापेर बस्न नसकिने निश्कर्षमा पुगेको एक एमाओवादी नेताले अनलाइनखबरलाई बताए ।

चैत अन्तिम साता प्रचण्डले ओलीलाई लेखेको पत्रमा दुई पार्टीवीचको सम्बन्ध, सरकारका काम कारवाही, संविधानको कार्यान्वयन, शान्ति प्रक्रिया र पुनर्निर्माण लगायतका विषयमा छलफलको माग गरिएको थियो ।

पत्रबारे जानकारी दिँदै एक एमाओवादी नेताले भने,’चिठी लेखिएको एक महिनासम्म पनि प्रधानमन्त्रीले हामीलाई कुनै रेस्पोन्स गरेनन् । अहिले केही दिन यता आएर मात्रै हामी ओलीप्रति आक्रामक भएको भन्ने कुरा गलत हो, एक महिना पहिलेको यो पत्रले नै यसको खण्डन गर्छ ।’

ओलीलाई पत्र लेख्नुभन्दा एकमहिना पहिले एमाले र एमाओवादी दुबे दलको शीर्ष नेतृत्वले द्वन्द्वकालीन मुद्दा लगायतका विषय र पुर्निर्माणको कामलाई गति दिने निर्णय गरेको थियो । सोही प्रतिवद्धतालाई सम्झाउन प्रचण्डले चैत २५ मा ओलीलाई चिठी पठाएको स्रोतले बतायो ।

प्रचण्डले पत्र लेखेको महिना दिन कटेपछि प्रधानमन्त्री ओलीले मंगलबार बालुवाटारमा मैले के गर्नुपर्छ भन्नुहोस, म मिलेर जान तयार छु भनेका थिए ।

तर, यही कुरा सम्भवतः प्रधानमन्त्रीले वैशाखको पहिलो सातामै भनिदिएको भए एमाओवादी उनीप्रति यतिसाह्रो टाढिने थिएन कि ? केपी ओलीको ढीलासुस्ती गर्ने बानीले गर्दा यही चिठी नै उनको सरकार ढल्ने आधार बन्ने अवस्थामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment