Comments Add Comment

माओवादीहरुको एकतापछि पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’

अध्यक्षमा प्रचण्ड चयन

Maoist Center

६ जेठ, काठमाडौं । विभिन्न टुक्रामा विभाजित माओवादीहरुको एकता घोषणा भएको छ । एकतापछि नयाँ पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखिएको छ । माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।

एकता घोषणा अघि बबरमहलस्थित एक पार्टी प्यालेसमा संयुक्त अधिवेशन चलेको थियो  । त्यसपछि एकताको औपचारिक घोषणा कार्यक्रम गरिएको थियो ।

एकता प्रक्रियामा एमाओवादीसँगै नेकपा क्रान्तिकारी माओवादीबाट आएका रामबहादुर थापा बादलको समूह, विप्लव माओवादीबाट आएका तिलक परियारको समूह, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट, मातृका यादवको नेकपा (माओवादी) र जयपुरी घर्ती संलग्न छन् ।

बहुपदीयमा गएको माओवादी केन्द्रको उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ रहनेछन् भने रामबहादुर थापा ‘बादल’ महासचिव हुने र कृष्णबहादुर महरा उपमहासचिव हुने समझदारी बनेको छ ।

माओवादी पार्टीहरुले एक वर्षभित्र महाधिवेशन गर्ने समझदारी गरेका छन् । त्यसका लागि ६ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाइएको छ ।

यो पनि पढ्नुस्

पार्टी एकतापछि प्रचण्डको घोषणाः माओवादीहरुको विजयको दिन सुरु भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment