Comments Add Comment

भक्तपुरको दुवाकोटमा सर्ने भो वीर अस्पताल

दुवाकोटमा जग्गा प्राप्तीका लागि मन्त्रिपरिषदबाट स्वीकृति

Bir-hospital New Building
दुवाकोटमा बन्ने वीर अस्पतालको नयाँ भवनको डिजाइन

७ साउन, काठमाडौं । मुलुककै जेठो वीर अस्पताल भक्तपुरमा स्थानान्तरण हुने भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएको छ ।

वीर अस्पताल अहिले महाबौद्धमा छ । अहिलेको स्थान साँघुरो र नयाँ संरचना निर्माण गर्न सकिने अवस्था नभएको भन्दै भक्तपुरको चाँगुनारायण नगरपालिका ११ र १४ मा पर्ने दुवाकोटमा सार्न लागिएको हो ।

अर्थमन्त्री विष्णु पौडेल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति गणेश गुरुङसहितको टोलीले हालै मात्र जग्गाको अवलोकन समेत गरेको थियो ।

वीर अस्पताल दुवाकोटमा सार्ने र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न एक हजार शैयाको अस्पताल बनाउने निर्णय भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए ।

सरकारले बजेट भाषणमा पनि पाँच सय रोपनी क्षेत्रफलमा वीर अस्पताल सारेर अन्तर्राष्ट्रिय स्तरको अस्पताल बनाउने घोषणा गरेको थियो ।

उपत्यकाकै विभिन्न ९ स्थानमा जग्गा खोजी गरे पनि उपयुक्त जग्गा पाइएको थिएन । दुवाकोटमा करिब ६ सय रोपनी जग्गा पाएपछि सरकारले सो निर्णय गरेको हो ।

दुवाकोटको ५७३ रोपनी जग्गामध्ये ३२४ रोपनी परोपकारको नाममा छ । जसमा १७४ रोपनी नेपाल इन्जिनियरिङ कलेज र १५ रोपनी चाँगुनारायण उच्च माविको नाममा छ भने ६० रोपनी प्रयोगविहीन रहेको बताइएको छ ।

यो पनि पढ्नुहोस्

विदेशी च्यानलले विज्ञापनरहित सामाग्री मात्र प्रसारण गर्न पाउने 

मुस्ताङमा भेटिएको युरेनियमको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment