४ असोज, काठमाडौं । मंगलबार बिहान राजधानीका विभिन्न विद्यालयमा बम फेला परेको छ । जसमध्ये जोरपाटीका दुई विद्यालयमा विष्फोट भएको छ ।
आकाशद्विप स्कुल र मनकामना उच्च माविमा विष्फोट भएको हो । विष्फोटले आकाशद्विप स्कुलको पर्खालमा क्षति पुगेको छ ।
बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहकोे छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुल लगायतका स्थानमा शंकास्पद बस्तु राखिएको छ ।
शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
बम विस्फोट भएको स्थानमा बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको नाममा पर्चा फेला परेको छ ।
प्रहरीले वम विस्फोटमा संलग्न रहेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4