+
+
Shares

सभामुख घर्तीले शीर्ष नेतासँग छलफल गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज १० गते ७:२३

Onsari-Gharti१० असोज, काठमाडौं । सभामुख ओनसरी घर्तीले प्रमुख दलका शीर्ष नेतासहित प्रमुख सचेतकसँग छलफल गर्दैछिन् ।

विभिन्न संसदीय समिति गठन तथा सभापतिको चयनका लागि सभामुखले सचेतकसहित शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन् ।

तीन दलका शीर्ष नेता र मुख्य सचेतकसँग गठन हुन नसकेका तीनवटा समिति र सभापति बिहीन दुईवटा समितिका बारेमा छलफल गर्न बैठक आहृवान गरिएको सभामुखका प्रेस सहयोगी बबिन शर्माले जनाए ।

लेखा समितिका सभापति जनार्दन शर्मा उर्जा र कृषि समितिका सभापति गगन थापा स्वास्थ्य मन्त्री बनेपछि दुइ समिति  सभापति बिहीन छन् ।

बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा ११ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?