Comments Add Comment

सोलुमा एमाले उम्मेदवार परिवर्तन, हुम्ला र जाजरकोटमा भागबण्डा फेरियो

५ कात्तिक,काठमाडौं । एमाले जिल्ला अध्यक्ष मानवीर राईले प्रदेशसभाको उम्मेदवार बन्न अश्वीकार गरेपछि एमाले नेतृत्वले अर्को उम्मेदवार तय गर्नुपर्ने भएको छ ।

उम्मेदवारी मनोनयनका लागि कांग्रेस नेताहरु निर्वाचन कार्यालयमा पुगिसक्दा एमालेले भने उम्मेदवार परिवर्तन गर्नुपरेको हो ।

जिल्ला अध्यक्ष राई प्रतिनिधिसभाका लागि सर्वसम्मत रुपमा जिल्लाबाट उम्मेदवार सिफारिस भएका थिए । तर, उनले उम्मेदवार नबन्ने भनेपछि उत्तम बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । बस्नेत माओवादी हुँदै नयाँ शक्तिबाट एमालेमा प्रवेश गरेका हुन् ।

स्थानीय तहमा बहुमत जितेको र जिल्लाको प्रभावशाली नेता भएका कारण राईलाई प्रतिनिधिसभामा उम्मेदवार बनाउँदा सहज जित्ने आँकलन एमालेकेा थियो । तर, गठबन्धनमा भागबण्डा गर्दा सोलुखुम्बु प्रतिनिधिसभा माओवादीले नछाडेपछि राईलाई प्रदेशसभा (क)मा उम्मेदवार बनाइएको थियो ।

यसैबीच जाजरकोट र हुम्लामा पनि एमाले माओवादीको सिट हेरफेर भएको छ । यसअघि प्रदेशसभाका दुवै सिट पाएको एमालेले जाजरकोटमा एउटा सिट माओवादीलाई छाड्ने सहमति भएको भन्दै माओवादीले प्रदेश(क) मा गणेश सिंहलाई उम्मेदवार बनाएको छ ।

तर, यसअघिनै एमालेका निरज आचार्यले सोही क्षेत्रमा उम्मेदवार दर्ता गरिसकेका छन् ।

आचार्यले आफूलाई पार्टीले टिकट दिइसकेको र कुनै निर्देशन पनि नआएकाले उम्मेदवारी दर्ता गराएको बताए ।

त्यस्तै हुम्लामा पनि एमालेले प्रदेश सभा (क)मा जिल्ला अध्यक्ष दल रावललाई उम्मेदवार बनाएको छ । यसअघि हुम्लामा प्रतिनिधिसभा र प्रदेशसभा सबै सिट माओवादीले पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment