+
+
Shares

गोरखामा प्रकृतिसँग लुकामारी, हेर्नुस् २३ तस्वीर

श्रीधर पौडेल श्रीधर पौडेल
२०७४ कात्तिक २५ गते १९:००

२५ कात्तिक, गोरखा । प्रदेश र प्रतिनिधि सभाका निर्वाचन नजिकिँदै गर्दा गोरखाका गाउँबस्तीमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरु घरदैलो र चुनावी सभामा व्यस्त छन् ।

प्रकृतिले भने आफ्नो शैली पटक्कै छाडेको छैन । गोरखा बजार र आसपासका बस्तिमा अझै चर्को गर्मी छ । विनासकारी भूकम्पको केन्द्रविन्दु बारपाकतिर उकालो लाग्दा चिसो मौसमले क्रमशः छोप्दै लगेको छ ।

किसानहरु धान झारेर भकारी भर्न व्यस्त छन् । बारपाकका बासिन्दालाई चुनावी गतिविधिले छोएजस्तो पटक्कै लाग्दैन । कोही खेतमा व्यस्त, कोही कोदो टिप्न बारीतिर त कोही निगालो काटेर जंगलतर्फ दौडिँदै भेटिन्छन् ।

गोरखा बजार र बारपाकबाट देखिने बुद्ध हिमाललाई घरि बादलको घुम्टोले ढपक्कै ढाक्थ्यो भने घरि अलिअलि उघ्रिएर तस्बिर खिच्न अवसर दिएझैं लाग्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?