Comments Add Comment

कामकाजी महिलालाई टिप्सः बच्चासँग कसरी धेरै घुलमिल हुने ?

विगतमा साना बच्चाहरु आमाले हुर्काउँथे । आमासँगै झुम्मिएर बच्चाहरु हुर्कन्थे, बढ्थे । तर, अहिलेको परिस्थिती फेरिएको छ । आमा र बच्चावीचको दुरी बढ्दैछ । कारण, आमाहरु कामकाजी छन् ।

घरायसी खर्च बढेको छ । मानविय आवश्यक्ताहरु बढेको छ । यसकारण पनि पतिको कमाईमा मात्र निर्भर हुन गाह्रो छ । यस्तो अवस्थामा महिलाहरु पनि घर वाहिरको काममा व्यस्त हुन थालेका छन् । यो सकारात्मक पक्ष हो । यद्यपी यसको फरक पाटो चाहि के छ भने, बच्चाले आमाको सामिप्यता गुमाउँदैछन् । आमा र बच्चावीचको भावनात्मक दुरी बढ्दैछ । यो पक्कैपनि राम्रो कुरा होइन ।

आमाबाट जब बच्चा विमुख हुन पुग्छ, उनीहरुको वृद्धि विकासमा असर पर्न सक्छ । त्यसैले जतिसुकै व्यस्त भएपनि आमाले बच्चासँग खेल्ने, रमाउने समय छुट्याउनु पर्छ । अर्थात बच्चासँग घुलमिल गर्नुपर्छ । तर, कसरी ?

दिनभरको कुराकानी

डिनर अर्थात साँझको खाना खाने बेला परिवारका हरेक सदस्य भेला हुन्छन् । सबै जमघट भएको बेला बच्चाको विषयमा पनि चर्चा परिचर्चा गरौं । उनीहरुको अवस्था के छ भन्ने कुरामा छलफल गरौं ।

भान्सामा बच्चासँगै

अक्सर महिलाहरु खाना बनाउने काममा खटिने गर्छन्, चाहे कामकाजी नै किन नहोस् । त्यसैले जब भान्सामा काम गरिन्छ, बच्चालाई साथमा राखौं । उनीहरुलाई पनि सानोतिनो काम लगाउने गरौं । जस्तै, रेफ्रिजरेटरमा सामान राख्ने, डाइनिङटेबल सजाउने, डिनरका लागि परिवारका अन्य सदस्यलाई बोलाउने आदि काम उनीहरुलाई अह्राउन सकिन्छ ।

साथै कुनै विशेष परिकार बनाउँने हो भने त्यसलाई बनाउने तरिका र त्यसको विशेषताबारे बच्चालाई सिकाउन सकिन्छ । यसबाट बच्चाले नयाँ कुरा सिक्ने अवसर त पाउँछ नै, रमाउने मेलो पनि  ।

खेल खेलौं

साँझ खाना खाइसकेपछिको समय बच्चालाई दिने गरौं । यतिबेला बच्चालाई होमवर्क गराउने वा पढ्न लगाउने भन्दा पनि खुला रुपमा खेल्न दिने गरौं । यो उनीहरुको शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि फाइदाजनक छ । साथै आमा र बच्चावीच घुलमिल हुने मेलोमेसो पनि मिल्छ ।

ख्याल-ठट्टा गरौं

बच्चासँग अक्सर रोमान्टिक बन्ने प्रयास गरौं । हाँसीमजाक गरौं । थोरै समय पाउनसाथ बच्चाहरुसँग खेलौं । जोक्स सुनाऔं । रमाइलो गरौं । थोरै समयको पनि भरपुर फाइदा उठाऔं ।

गफ गरौं

बच्चासँग कुराकानी गर्ने अभ्यास गरौं । अक्सर हामी बच्चासँग दोहोरो कुराकानी गर्दैनौ । उनीहरुको कुरा सुन्दैनौ । यसले गर्दा बच्चाको भावना, इच्छा थाहा हुँदैन । उनीहरुको मनोविज्ञान बुझ्न सकिदैन । त्यसैले दोहोरो कुरा गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment