Comments Add Comment

धुर्मुससुन्तलीलाई कुरेर बस्दैनौं, सुविधासम्पन्न रंगशाला बन्छ : खेलकुदमन्त्री

'खेलकुद समस्यामा रहेछ, देशको नाम राख्ने खेलाडीलाई सलाम'


२ वैशाख, पोखरा । खेलकुद क्षेत्रमा समस्यै समस्या छन् । क्रिकेट, फुटबलदेखि धेरै संघमा विवाद छ भने पूर्वाधार पनि बन्न सकेको छैन ।

यस्तो बेलाका खेलकुद मन्त्री बनेका जगत विश्वकर्मा आफैंमा नयाँ हुन् । अब उनले कसरी काम गर्लान् धेरैको चासो छ ।

उनले १०० दिनमा गर्ने कार्ययोजना पनि ल्याएका छन् तर, कार्यान्वयन हुन्छ भन्ने ठोस आधार अझै देखिएको छैन ।

संगठनको पुनर्संरचनादेखि ऐन निर्माण, मूलपानी विवाद समाधान गर्दै सञ्चालनसमेत गर्ने उनको सय दिन कार्ययोजनामा छ । पोखरा, तुलसीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रूपमा विकास गर्न सम्भाव्यता अध्ययन सम्पन्न गर्ने, राष्ट्रिय खेलकुद परिषद् र युवा परिषद्लाई संघीय ढाँचामा संगठन पुनर्संरचना गर्ने योजना जगतले सार्वजनिक गरेका थिए ।

मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान भई निर्माण थाल्ने, १३ औं साग गर्ने र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि जग्गा पहिचान गर्ने उनको कार्ययोजना थियो ।

‘जब युवा तथा खेलकुदमन्त्री हुने खबर आयो । त्यहीबेला खेलकुद मन्त्रालय कसरी नेतृत्व गर्ने होला भन्ने लाग्यो । म खेलकुमा अभिरुचि भएको तर यो क्षेत्र नबुझेको व्यक्ति हुँ ।’

अभिरुचिमात्रै भएको तर नबुझेको क्षेत्रको नेतृत्व गर्न पुगेका मन्त्री जगत यतिबेला भने खेलकुदमा बेस्सरी रस बसेको बताउँछन् ।

‘जब युवा तथा खेलकुदमन्त्री हुने खबर आयो । त्यहीबेला खेलकुद मन्त्रालय कसरी नेतृत्व गर्ने होला भन्ने लाग्यो । म खेलकुमा अभिरुचि भएको तर यो क्षेत्र नबुझेको व्यक्ति हुँ’ खेलकुदमन्त्री जगतले भने, ‘खेल क्षेत्र केके काम गर्दा राम्रो र सभ्य बन्न म त्यहीत्यही गर्न तयार छु ।’

आइतबार गृह जिल्ला पोखरामा भेटिएका मन्त्री जगतले आफू खेल क्षेत्रमा कायम समस्या हल गर्न लागेको बताए ।

नबुझेको खेल क्षेत्र बुझेपछि समस्यै समस्या

जतिबेला उनी खेलकुदमन्त्रीको सपथ लिँदै थिए, त्यही बेला नेपाली क्रिकेट टिमले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेर फर्किँदै थियो ।

मूलपानी क्रिकेट मैदान बन्न नसकेको, क्यान विवाद निलम्बनमा रहेको र यही बेला नेपालले इतिहास रचेर फर्केपछि उनलाई सबैभन्दा बढी प्रश्न यही विषयमा सोधिए । यही प्रश्नले नै उनलाई खेलकुदप्रति गम्भीर बनाएछ ।

‘नेपाली क्रिकेटमाथिको लगानी, क्यान विवाद र निलम्बन, मूलपानी रंगशाला लगायतमाथि यति धेरै प्रश्न आए त्यसैले पनि मलाई गम्भीर बनायो,’ खेलकुदमन्त्री जगतले भने, ‘अहिले बेसरी रस बसेको छ । खेलकुद बुझ्दैछु । यहाँ त जति बुझ्यो उति समस्या नै समस्या रहेछन् ।’

यसै हप्ता हुने क्यानको अधिवेशनले सम्भवत विवाद पनि समाधान हुने उनको विश्वास छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को विवाद समाधानका लागि पनि छलफल चलाएको र अब छिट्टै समधान हुन उनले बताए ।

‘खेलकुदमा संस्था पिच्छेका विवाद र समस्या रहेछन्’ मन्त्री जगतले भने, ‘सबै संघमा भएका विवाद र समस्याको जरो नफाली हुँदैन । त्यसका लागि केके गर्नुपर्छ त्यो गर्ने काम गरिरहेको छु ।’

‘खेलकुदमा संस्था पिच्छेका विवाद र समस्या रहेछन्, सबै संघमा भएका विवाद र समस्याको जरो नफाली हुँदैन । त्यसका लागि केके गर्नुपर्छ त्यो गर्ने काम गरिरहेको छु ।’

अघि भने, ‘खेल क्षेत्र विवादित र अव्यवस्थित हुँदा जसले खेल क्षेत्रमा जीवन बिताए, उनीहरुलाई सबैभन्दा बढी पीडा भएको छ । मेरो अपील छ, खेल क्षेत्र व्यवस्थित गर्न लागौं, खेल क्षेत्रबाटै देश समृद्ध हुन्छ ।’

खेलाडीलाई सलाम

कुराकानीका क्रममा खेलकुदमन्त्री जगतले खेल क्षेत्रको विवाद र समस्याप्रति चिन्ता व्यक्तमात्र गरेनन्, देशको विषम् परिस्थितिमा पनि खेल प्रदर्शनी गरेर देशको नाम राख्ने खेलाडीप्रति उच्च सम्मान व्यक्त गरे ।

‘संस्थामा विवाद छ, राम्रो रंगशाला छैन, खेलमाथि लगानी ठूलो छैन । यस्तो अप्ठेरो अवस्थामा पनि उत्कृष्ट खेल प्रदर्शन गरेर देशको नाम राख्ने खेलाडीहरुप्रति मेरो सलाम छ’ खेलकुदमन्त्री जगतले भने, ‘अब त्यस्तो अप्ठेरो परिस्थिति हटाउन म लागि पर्नेछु ।’

खेल क्षेत्र समृद्ध नबनी देश समृद्ध हुन नसक्ने उनको भनाइ थियो । अरु क्षेत्रमा निजी तथा वैदेशिक लगानी भएजस्तै खेलकुद क्षेत्रमा पनि लगानी आकषिर्त गर्ने खालको नीति बनाउने उनले बताए । ‘निजी क्षेत्र र वैदेशिक लगानीलाई खेलकुदमा परिचालित गर्ने गरी नीति ल्याउने छौं,’ उनले भने ।

अब आउने बजेटमा खेलकुदको सम्भावना र पूर्वाधारलाई जोड समावेस गरिने उनले बताए । मन्त्री जगतले खेल क्षेत्रको विकास र खेलाडी उत्पादनका लागि टोल-टोलमा, वडा-वडामा खेल मैदान हुनुपर्ने बताए । अस्पताल कम र खेलमैदानमा बढी लगानी गर्नुपर्ने उनको भनाइ थियो ।

नागरिक स्वस्थ्य रहेमात्रै समाज र देश स्वस्थ रहनसक्ने भएकाले लगानीलाई खेलकुदमा केन्द्रित गर्नुपर्ने बेला आएको बताए ।

१३ औं साग र ८ औं खेलकुद सयमै हुन्छ

भूकम्पका कारण क्षतिग्रस्त त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगर्निर्माण त थालिएको छ तर, कामले गति लिन सकेको छैन । पोखरा रंगशाला पुनर्निणका लागि फेरि टेन्डर गर्नुपर्ने अवस्था छ ।

तर,१३ औं दक्षिण एसियाली खेलकुद (साग) गर्ने मिति धेरै टाढा छैन । यस्तो अवस्थामा समयमै साग गर्नुपर्ने जगतमाथि चुनौती छ ।

सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न स्टेडियम बन्दैछ, आगामी बजेटमै त्यसका लागि सम्बोधन हुन्छ । सरकार आफैं गर्नुपर्ने काममा धुर्मुस सुन्तलीलाई कुरेर बस्दैनौं ।’

खेदकुदमन्त्री जगतले मार्च ९ मा हुने साग पूर्वाधार नभएका कारण नरोकिने बताउँछन् । ‘दशरथ रंगशाला तयार हुन्छ । पोखरा रंगशालाको फेरि टेन्डर गर्ने तयारी हुँदैछ’ मन्त्री जगतले भने, पूर्वाधार तयार पार्न केके चाहिन्छ, त्यो सबै पुर्‍याउँछु तर, काम हुनुपर्‍यो भनेको छु ।’

पूर्वाधार तयार नभइकन १३ औं साग र आठौं आठौँ राष्ट्रिय खेलकुद गर्छुभन्दा धेरै नपत्याए पनि त्यो समयमै हुने उनको भनाइ थियो । ‘पूर्वाधार तयार हुन केके चाहिन्छ, अहिले कुन अवस्थामा छ लगायतका विषयमा अनुगमन गर्न २ समिति हालसातै गठन भएको छ,’ उनले भने ।

आठौं खेलकुद नेपालगञ्जमा गर्नका लागि तयारी सुरु भइसकेको उनले बताए । १३ औं सागमा पाँच खेल पोखरामा हुने बताइएको छ ।

पोखरामा सागका खेल खेलाउन चाहिने सबै पूर्वाधार तयार हुने पनि उनले प्रतिवद्धता जनाएका छन् । साग खेलका लागि हाल विभिन्न भौतिक संरचना निर्माणको काम सुरु भएको र तिनीहरूको निर्माण तोकिएकै समयमा सम्पन्न हुने खेलकुद मन्त्री जगतले दोहोर्‍याए ।

सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रंगशाला

नेपालले एकदिवसीय मान्यता पाएपछि कलाकारद्वय धुर्मुस सुन्तलीले क्रिकेट रंगशाला बनाउने भन्दै जग्गा खोज्दै हिँडे । उनीहरुले मन्त्री जगतलाई भेटेर आफ्नो प्रस्ताव पनि सुनाए ।

‘धुर्मुस सुन्तलीले फाउन्डेसनमार्फत क्रिकेट मैदान बनाउने भने पनि कहाँ बनाउने भन्ने थिएन । मूलपानी मैदान सरकारले नै बनाउने भएकाले पोखरा, भैरहवा कतै जान आग्रह गरेको हुँ’ खेलकुदमन्त्री जगतले भने, ‘आफैं बनाउने हो कि सरकारसँग साझेदारी गरेर टुंगो लगाउन आग्रह गरेँ । फाउन्डेसनले नै बनाउने भनेपछि काठमाडौं बाहिर जान भनेको हुँ ।’

अन्तर्राष्ट्रियस्तरकै रंगशाला नै बनाउने हो भने त्यसका लागि काठमाडौंको विकल्प खोज्न आफूले आग्रह गरेको उनले बताए । ‘सरकारले बनाउन नसकेर धुर्मुस सुन्तलीलाई क्रिकेट मैदान बनाउन भनेको होइन’ उनले भने, ‘हामी बनाउँछौं भन्नेलाई सरकारले हुँदैन भन्न मिल्दैन ।’
अघि भने, ‘भोलि धुर्मुस सुन्तलीले चन्दा उठाएर बनाउँदा पैसा नपुगेर अलपत्र बन्यो भने सरकारले नै हेर्नुपर्छ ।’

सरकारले सातै प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने उनले बताए । ‘सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न स्टेडियम बन्दैछ’ खेलकुदमन्त्री जगतले भने, ‘आगामी बजेटमै त्यसका लागि सम्बोधन हुन्छ । सरकार आफैं गर्नुपर्ने काममा धुर्मुस सुन्तलीलाई कुरेर बस्दैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment