सोमबार, ७ जेठ, २०७५
Ruslan
OnlineKhabar.com
Suzuki

कर्मचारीको चेतावनी : तलब बृद्धि र स्वेच्छिक अवकाश नदिए आन्दोलन

देशभरका कर्मचारीलाई तयार रहन अपिल

Suzuki
अनलाइनखबर

फाइल तस्वीर

२ जेठ, काठमाडौं । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आगामी बजेटमा तलबभत्ता वृद्धि र स्वेच्छिक अवकाशको प्रक्रिया अघि नबढाए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

सरकारले यसै साता नीति तथा कार्यक्रम र जेठ १५ मा बजेट ल्याउने तयारी गरिरहेका बेला कर्मचारीले तलब वृद्धिको माग गरेको हो ।

आधिकारिक ट्रेड युनियनले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना मागहरु सार्वजनिक गरेको छ । अध्यक्ष पूण्य ढकाल र महासचिव सुवोधकुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा स्वेच्छिक अवकाश प्रक्रिया अघि बढिरहेको बेला वर्तमान सरकारले रोकेको भन्दै तत्काल अघि बढाउनुपर्ने उल्लेख छ ।

त्यस्तै हचुवाको भरमा कर्मचारी समायोजन बन्द गर्न र ट्रेड युनियनहरुप्रतिको पुर्वाग्रही अभिव्यक्ति तत्काल बन्द गर्न चेतावनी समेत दिएको छ । युनियनले बढ्दो मूल्यवृद्धि, राजश्व वृद्धिसमेतलाई अध्ययन गरी तलबमान पुनरावलोकन हुनुपर्ने बताएको छ ।

सरकारले आफ्ना मागप्रति उदासिनता देखाएमा बाध्यतावश आन्दोलनमा उत्रिने चेतावनी समेत युनियनले दिएको छ । आधिकारिक ट्रेड युनियनले आन्दोलनका लागि तयार रहन सबै तह र तप्काका कर्मचारीहरुलाई अनुरोधसमेत गरेको छ ।

माग पूरा नभए जेठ १९ गते हुने युनियनको राष्ट्रिय भेलाबाट आन्दोलनको घोषणा गरिने ढकाल र देवकोटाले जनाएका छन् ।

२०७५ जेठ ३ गते ३:३० मा प्रकाशित (२०७५ जेठ २ गते २०:१४मा अद्यावधिक गरिएको)

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

२ प्रतिकृयाहरू प्राप्त
  • green vision लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते ७:०३

    यी घुसखोर्हरुको sedicate कहिले हट्छ। यी देश द्रोही हरुलाई परिवार सहित आजिवन करावास हाल्ने र यिनिहरुको सम्पती जफत गर्नु पर्छ।देशका असली किरा यिनै हुन।यिनिहरुको नियुक्ती सगै रजिनामा लिएर मात्र काममा राख्नेम सरकारले चहेको बिला रख्ने र नचाहेको बेला निकाल्नु पर्छ।

    4
    1
    Share

  • श्याम सुनुवार लेख्नुहुन्छ    |   २०७५ जेठ ३ गते १०:५७

    अब जेल जाने पालो ट्रेड युनियनको नेताहरूको। आन्दोलन गर्नु भनेको नै जेल जानु हो।

    1
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this