Comments Add Comment

यूएन पार्कमा प्रहरी इन्काउन्टर, गुण्डा अशोक लामा पक्राउ

एउटा पस्तोल र दुई राउण्ड गोली बरामद

वीर हस्पिटलमा अशोक लामा । तस्वीरः विकाश श्रेष्ठ/अनलाइनखबर

२८ जेठ, काठमाडौं । शंखमुलस्थित यूएन पार्क ललितपुरका गुन्डा अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ ।

मोस्ट वान्टेड सूचीमा रहेका लामालाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली हानेको हो ।

लामाबारे सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोली यूएन पार्क पुगेको थियो । तर, प्रहरी टोलीमाथि जाइलागेपछि गोली चलाउनु परेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

प्रहरीले लामाको साथबाट एउटा पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरेको छ ।

लामालाई एउटा गोली लागेको छ । खुट्टामा गोली लागेका उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

को हुन् लामा ?

गुन्डा नाइके लामा प्रहरीमा ज्यान मार्ने उद्योग र सार्वजनिक अपराध मुद्दामा प्रहरीको खोजी सूचीमा थिए ।

उनले ललितपुरको सातदोबाटो लगायका क्षेत्रमा व्यवसायीलाई धम्क्याएर अवैध रकम असुली गर्ने गरेको उजुरी आएपछि प्रहरीले निगरानी बढाएको थियो । उनी काभ्रेली समूहका दावा लामाको समेत सहयोगी भएको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुस् 

इन्काउन्टर स्थलमा भेटियो खिया लागेको पेस्तोल, हेर्नुस् ७ तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment