+
+

प्रदेश १ को संसद अधिवेशन माघ दोस्रो साता बोलाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २९ गते १७:०९

विराटनगर । प्रदेश सरकारले माघ दोस्रो साता संसदको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी थालेको छ ।

प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अधिवेशन आह्वान नगरेको भन्दै आलोचना गरिरहेको अवस्थामा प्रदेश सरकारले माघ दोस्रो साताबाट अधिवेशन आह्वान गर्ने गर्ने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताए ।

आइतबार पत्रकार महासंघ प्रदेश १ ले बुझाएको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राईले प्रदेश राजधानी र नाम टुंगो लगाउने गरी माघ दोस्रो साता अधिवेशन आह्वान गर्ने तयारी भएको बताए ।

मुख्यमन्त्री राईले आउदो अधिवेशनबाट बिषयगत संसदीय समितिका सभापति पनि चयन हुने बताए । प्रदेशसभाका लागि आवश्यक बिजनेस सरकारले तयार गरेको बताउँदै मुख्यमन्त्री राईले चिसोका कारण अधिवेशन केही पर सारिएको जानकारी दिए ।

जनगुनासो आउनु स्वभाविक

प्रदेश सरकार गठन भएको १० महिना पूरा भएको छ । सरकारको दश महिने अवधीमा जनताले अनुभूति गर्ने गरी काम गर्न नसकेको मुख्यमन्त्री राईले स्वीकार गरेका छन् । ‘जनअपेक्षा अनुसार काम गर्न नसकिएकै हो’ राईले भने ‘ ५/६ महिना संरचना र कानुन बनाउदै बित्यो, अब जनताले अनुभूति गर्ने गरी काम गर्छाै ।’

राईले जनताले अनुभूति गर्ने गरी कृषि, पन र वातावरणलाई जोडेर नयाँ अभियान सञ्चालन गर्ने योजना रहेको बताए । खाद्यान्न, जडिबुटी, वनसँग सम्बन्धित रहेर प्रदेशको विकासको काम गर्ने उनको भनाइ छ ।

सरकारलाई नमुना कानुन

नेपाल पत्रकार महासंघ प्रदेश १ कार्यसमितिले नमुना ‘प्रदेश आम सञ्चार विधेयक’ मुख्यमन्त्री शेरधन राईलाई हस्तान्त्रण गरेको छ । प्रदेश सरकारलाई प्रेसमैत्री कानुन निर्माणका लागि महासंघले नमुना विधेयक हस्तान्त्रण गरेको हो ।

नमुना विधेयकले पत्रकारको क्षमता विकासको लागि आमसञ्चार प्रतिष्ठान स्थापनादेखि प्रदेशका सञ्चार माध्यमको प्रवर्द्धनमा समेत सघाउ पुग्ने पत्रकार महासंघका प्रदेश १ अध्यक्ष बिक्रम लुइटेलले बताए ।

नमुना विधेयक बुझ्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकार र सञ्चार माध्यमको हितमा काम गर्ने बताए । आफूसँग सञ्चार मन्त्रालयमा काम गरेको पनि अनुभव भएको बताउदै उनले प्रदेश सरकार प्रेस मैत्री बन्ने बताए ।

महासंघको तर्फबाट प्राप्त भएको मस्यौदाका विषयलाई समेत समावेश गरी ऐन निर्माण हुने मुख्यमन्त्री राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?