Comments Add Comment

सरकार राष्ट्रपतिलाई प्रयोग गरेर अधिनायकवाद लाद्न खोज्दैछ : रामचन्द्र पौडेल

२४ वैशाख, रामेछाप । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार राष्ट्रपतिलाई प्रयोग गरेर अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।

मंगलबार रामेछापमा आयोजित कार्यक्रममा बोल्दै उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिलाई प्रयोग गरेर सरकार अधिनायकवादतर्फ उन्मुख भएको जिकिर गरे ।

पौडेलले न्यायपालिका, व्यवस्थापिका र अख्तियारलाई समेत मुठ्ठीमा लिएर सरकार सर्वसत्तावाद तर्फ उन्मुख भएको आरोप लगाए । उनले सर्वसत्तावादको प्रयोग गर्न सरकारले राष्ट्रपतिलाई समेत प्रयोग गरेको बताए ।

‘स्वतन्त्र निकायलाई समेत स्वतन्त्र रुपले काम गर्न नदिएर आप्mनो मुठ्ठीमा राखेर प्रधानमन्त्री निर्देशन दिन्छन् । यो अधिनायकवादको नमुना हैन ?’ पौडेलले प्रश्न गरे ।

पौडेलले सरकार देशमा सुरक्षा, सुशासन र समृद्धि दिन समेत असफल भएको बताए । लोकतान्त्रिक शासन व्यवस्था विपरीतको निरंकुश एकतन्त्रात्मक शासन व्यवस्थाका पक्षपाती कम्युनिष्टहरुले शासन सत्ता सम्हालेकोले देश अधोगति तर्फ लागेको पौडेलको दावी छ ।

अर्काे प्रसंगमा पौडेलले कांग्रेस पार्टीभित्र पनि एउटाले अर्काको खुट्टा तान्ने प्रवृत्तिले पार्टी बिग्रिएको बताए । देशलाई राम्रो बनाउन कांग्रेस पहिला राम्रो हुनुपर्ने उनले बताए । ‘अब देउवा गुट र पौडेल गुट भनेर हुँदैन सबै काँग्रेस हुनु पर्छ । तब मात्र पार्टी सुध्रिन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment