Comments Add Comment

स्वेच्छिक मर्जरको बाटोमा लघुवित्त, कालिका र जनसेवीले पनि गरे मर्जर सम्झौता

६ जेठ, काठमाडौं । संख्या धेरै भएको चर्चा भइरहँदा पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरु धमाधम मर्ज हुन थालेका छन् । लघुवित्तको संस्था अधिक भएको भन्दै नेपाल राष्ट्र बैंकले बाध्यकारी मर्जर नीति ल्याउनु पूर्व नै लघुवित्त वित्तीय संस्थाहरु आफैं मर्जरमा जान थालेका हुन् ।

३ लघुवित्त वित्तीय संस्थाहरुले मर्जरमा जाने सहमति गरेको एक साता नपुग्दै अर्का दुई लघुवित्त वित्तीय संस्थाहरुले मर्जरमा जाने सम्झौता गरेका छन् । गत ३१ गते मिर्मिरे माइक्रोफाइनान्स वित्तीय संस्था, नागबेली लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका थिए ।

त्यसको एक साता नाघ्न नपाउँदै आइतबार पुनः कालिका लघुवित्त वित्तीय संस्था र जनसेवी लघुवित्त वित्तीय संस्था एक आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

स्याङ्जाको वालिङ केन्द्रीय कार्यालय रहेको कालिका राष्ट्रियस्तरको लघुवित्त हो भने पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त संस्था हो ।

सहमति पत्रमा हस्ताक्षर गर्दै

आइतबार आयोजित एक समारोहकाबीच कालिकाका तर्फबाट सञ्चालक समिति अध्यक्ष कृष्ण खाँण र जनसेवीकातर्फबाट सञ्चालक समिति अध्यक्ष विकास गौचनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कालिकाको चुक्ता पुँजी हाल १० करोड ८० लाख रुपैयाँ रहेको छ । ७० वटा शाखा तथा ३९ हजार सदस्य रहेको कालिकाले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने ६८ करोड ३८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । यस संस्थामा ३०९ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

उता १० जिल्ला कार्यक्षेत्र रहेको जनसेवीको ९ करोड ८० लाख चुक्ता पुँजी रहेको छ । शाखा कार्यालयहरु २५ वटा रहेको यस संस्थाले १५ हजार सदस्यलाई सेवा दिदै आएको छ । जनसेवीको ५८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने निक्षेप १७ करोड रुपैयाँ संकलन गरेको छ । यस संस्थामा ११३ जना कर्मचारी कार्यरत रहेका छन् ।

मर्जर पछिको नेतृत्व ‘कालिका’कै काधमा

मर्जरपछि बन्ने संस्थाको नाम जनकालिका लघुवित्त वित्तीय संस्था हुने गरी सम्झौता गरिएको बताइएको छ । संस्थाको केन्द्रीय कार्यालय भने पोखरामा राखिने भएको छ ।

जनसेवीका एक सञ्चालकले दिएको जानकारी अनुसार मर्जर पछि बन्ने संस्थाको अध्यक्षमा हाल कालिकाको सञ्चालक समिति अध्यक्ष रहेका खाँण नै हुनेछन् । संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पनि कालिकाका सीईओ मीनबहादुर बोहरा नै हुने भएका छन् ।

मर्जरपछि बन्ने संस्थाको नायव प्रमुख कार्यकारी अधिकृतमा भने जनसेवीका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर खत्री हुने गरी सम्झौता भएको ती सञ्चालकले जानकारी दिए ।

यस अघि वोमी माइक्रो फाइनान्स वित्तीय संस्था र नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने निर्णय गरेर नेपाल स्टक एक्सचेञ्जलाई जानकारी दिएका थिए । त्यस भन्दा पनि अघि साधना लघुवित्त वित्तीय संस्था र आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने निर्णय गरेका थिए ।

याे पनि पढ्नुहाेस् ः  धमाधम मर्ज हुँदै लघुवित्त, मिर्मिरेमा किसान र नागवेली गाभिए

स्वेच्छिक ‘मर्जर’ रोज्दै लघुवित्त

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment