Comments Add Comment

संसद कार्यकारीको ल्याप्चे नहोस् : डा. कोइराला

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आमसञ्चारसम्बन्धी विधेयकहरु फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

केन्द्रीय सदस्य डा. कोइरालाले वक्तव्य जारी गर्दै सरकारले संसदमा दर्ता गराएको सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापनसम्बन्धी विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मूल्य-मान्यता, संविधान विपरित भएको भन्दै फिर्ता लिन माग गरेका हुन् ।

‘बहुमतको दम्भ देखाएर पारित गर्न तम्सिनु भनेको वर्तमान कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्रको विस्तारित रुप हो भन्ने मैले ठानेको छु,’ उनले भनेका छन् ।

सञ्चारकर्मीहरुलाई हदैसम्म दण्ड-जरिवाना र जेल सजायसम्मका कठोर प्रावधान राख्नु, काउन्सिललाई निरंकुश संस्थाका रुपमा स्थापित गर्न खोज्नु प्रेसको आलोचनात्मक चरित्रलाई समाप्त पार्ने सरकारी कुटिल चाल भएको डा. कोइरालाले बताए ।

उनले विधेयकहरु फिर्ता लिई सरोकारवालाहरुसँग छलफल र सहमतिका आधारमा ल्याउन माग गरेका छन् । ‘सार्वभौम भनिएको संसद कार्यकारीको ल्याप्चेका रुपमा रुपान्तरित नहोस् भन्नेतर्फ सचेत गराउन चाहन्छ,ु’ कांग्रेस नेता कोइरालाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment