Comments Add Comment

फाइभ स्टार जस्तो ‘इम्पेरियल’

२१ जेठ, काठमाडौं । काठमाडौंमा फाइभ स्टार होटलले जस्तै हस्पिटालिटी दिने ब्यांक्वेट खुल्ने क्रम जारी छ । फराकिलो स्पेस तथा आकर्षक इन्टेरियर भएका ब्यांक्वेटले विभिन्न कार्यक्रम तथा पार्टी आयोजना गरिरहेका छन् । काठमाडौँ, चाबहिलको चिरपरिचत स्थान हो, केएल टावर । यही टावरको छतमा खुलेको छ, इम्पेरियल ब्यांक्वेट ।

टावरको नवौँ तलमा रहेको इम्पेरियलबाट काठमाडौँ उपत्यकालाई ३ सय ६० डिग्रीको भ्यूमा नियाल्न सकिन्छ । अग्लो स्थानमा रहेको ब्यांक्वेटमा कार्यक्रम र पार्टी आयोजना गर्दा स्तरीय सेवाका साथ काठमाडौँ उपत्यकाको विशाल भ्यू पनि हेर्न सकिने इम्पेरियलका प्रमुख कार्यकारी अधिकृत -सीईओ) अनुप शर्मा बताउँछन् ।

यसअघि पनि विभिन्न पार्टी प्यालेस तथा ब्यांक्वेटको व्यवस्थापन हेर्दै आएका शर्मा इम्पेरियल काठमाडौँ उपत्याकाको उत्कृष्ट ब्यांक्वेट भएको दाबी गर्छन् । लोकेसन, डिजाइन, इन्टेरियर सेटिङ तथा गुणस्तरीय एवं विविध भेराइटीका खानाका कारण इम्पेरियलले दिने सर्भिस कुनै पाँचतारे होटलभन्दा कम नरहेको शर्मा बताउँछन् ।

दोर्जे शेर्पा र बोधकृष्ण सुवेदी सञ्चालक रहेको इम्पेरियल भिजिट गर्ने जोकोही पनि यसको सजावट र यहाँबाट देखिने उपत्यकाका दृश्य हेरेर मुग्ध हुने शर्मा बताउँछन् ।

ब्यांक्वेट भन्नेबित्तिकै विवाह, व्रतबन्धका लागि पार्टी आयोजना गरिने स्थानका रूपमा बुझ्ने गरिन्छ ।

तर, इम्पेरियलले कम्तीमा ५० जना मात्र हुने पार्टी र कार्यक्रमका लागि पनि सेवा उपलब्ध गराउँछ । ५० जनादेखि दुई हजारसम्मको पार्टी आयोजना गर्न सकिने गरी ब्यांक्वेट तयार गरिएको सीईओ शर्मा बताउँछन् । थाइल्यान्डबाट ल्याइएका इन्टेरियर सामानले इम्पेरियल भव्य देखिन्छ ।

पर्याप्त पार्किङ सुविधा भएको ब्यांक्वेटसम्म जानका लागि केएल टावरमा छुट्टै दुई वटा लिˆटको व्यवस्था गरिएको छ । खानाको आइटम, थिम र डेकोरेसनका हिसाबले इम्पेरियल काठमाडौँको उत्कृष्ट ब्यांक्वेट भएको दाबी सञ्चालकहरूको छ ।

फाउन्टेन बार, इनडोर तथा आउटडोर स्टेज, भीआईपी डिनर हल, कमन डिनर हल, प्राइभेट डिनर हललगायत सुविधा यहाँ छन् । ग्राहकको बजेटअनुसार सिल्भर, गोल्ड तथा डाइमन्ड गरेर तीन खालको खानाको मेनु तय गरिएको छ ।

आफ्नो बजेटअनुसार मेनु छनोट गर्न सकिन्छ । बच्चाका लागि खेल्ने ठाउँसमेत रहेको इम्पेरियलमा बर्थडे पार्टी, सेमिनार, मिटिङ आदि पनि आयोजना गर्न सकिन्छ । ‘फुड, इन्टरटेनमेन्ट एन्ड इभेन्ट्स’ इम्पेरियलको मुख्य स्लोगन रहेको छ ।

विवाहका लागि चाहिने पुरोहितदेखि गाडी, बग्गी, बाजा, फोटोग्राफी, भिडियोग्राफी, गाडी डेकोरेसनलगायत सम्पूर्ण प्याकेज ब्यांक्वेटमा उपलब्ध छ ।

हस्पिटालिटी बि्रजसँगको सहकार्यमा इम्पेरियलले सेवा उपलब्ध गराउँछ । इम्पेरियलमा सेट गरिएको लाइटिङ सिस्टमले यसलाई निकै भव्य देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment