Comments Add Comment

किन यौनमा उदासिन ?

यौनजीवनमा असर पार्ने तत्वहरु

अहिलेको युवा पुस्तामा जोस, जाँगर र नयाँ सोच भएता पनि मानसिक र शारीरिक रुपले काममा मन नलाग्ने, कामलाई बोझको रुपमा लिने जस्ता कुराहरु उत्पन्न हुन थालेको छ । कामलाई इच्छाले भन्दा पनि बाध्यताले गर्नु परेको महसुस हुन थालेको छ । उनीहरुमा आफ्नो दैनिक जीवनका काम मात्र नभएर यौनप्रतिको आकर्षण समेत घट्न थालेको अनुभव गर्न थालिएको छ । युवापुस्तामा यौनप्रतिको आकर्षण घट्नुलाई सेक्स रिसेशन भनिन्छ । युवापुस्तामा यौनप्रतिको रुची घट्नु अर्थात सेक्स रिसेशन हुनुका कारण रोचक छ । तपाईंलाई पनि ती कारण थाहा पाएर आश्चर्य लाग्न सक्छ ।

के हो सेक्स रिसेशन ?

बढ्दो उमेर संग-संगै मानिसहरुमा यौनप्रति रुची घट्नु स्वभाविक नै हो । तर, युवा अवस्थाबाटै यौन सम्बन्धमा रुची घट्न थाल्यो भने त्यो सेक्स रिसेशनको संकेत हुन सक्छ । धेरै देशहरुमा गरिएको अनुसान्धानले के पत्ता लगाएको छ भने पछिल्लो दशकको तुलनामा अहिले मानिसहरु, विशेषगरी युवामा सेक्समा खासै धेरै रुची नभएको पत्ता लागेको छ ।

एउटा तथ्यांकका अनुसार सन् २०१३ मा नेशनल सर्वे अफ सेक्सुअल एन्ड लाइफस्टाइलद्वारा जारी भएको आँकडामा १६ वर्ष देखि ४४ वर्ष उमेर समुहका व्यक्तिले महिनामा पाँच अथवा त्यो भन्दा पनि कम पटक सेक्स गरेका पाइएको छ ।

त्यस्तै २०१४ मा अस्ट्रेलियाई नेशनल सर्वे अफ सेम्सुअल एक्टिभिटीको अनुसार आजकल एक जोडिले प्रति सप्ताह औसत रुपमा जम्मा दुई पटक यौन सम्बन्ध राख्छन् । तर १० वर्ष अगाडि यो औसत चार पटकसम्म हुने गर्दथ्यो । सेक्स रिसेशन जापानमा त भयानक रुपमा देखिदै गएको छ । जापानमा गरिएको एउटा सर्वेक्षणले १६ वर्षदेखि २५ वर्ष उमेर समुहका ४६ प्रतिशत जापानी महिला र २५ प्रतिशत जापानी पुरुषले यौन सम्बन्धलाई घृणा गर्छन् ।

त्यस्तै बि्रटेनमा हालै गरिएको एक सर्वेक्षण अनुसार त्यहाँका पचास प्रतिशत जनताले हप्तामा एक पटक मात्र सेक्स गरेको पाइयो । १६ देखि ४४ वर्ष उमेर समुहका पुरुष र महिलाहरुमा गरिएको उक्त सर्वेक्षणमा २००१ देखि २०१२ सम्मको अवधिमा त्यहाँका मानिसमा यौन क्रियाकलाप ५० प्रतिशतले घटेको पत्ता लागेको छ ।

यौनप्रतिको वितृष्णाको कारण ?

विभिन्न कुराहरुका कारण यौन सम्बन्ध (सेक्स) प्रति रुचि घट्दै गएको हो । यौनप्रति रुचि घट्नुको प्रमुख कारण अहिलेको प्रविधिलदाई मानिएको छ । अनलाइन पोर्नोग्राफी, इन्टरनेट तथा सोसल साइट आदिका कारण मानिसहरुमा यौनप्रति रुचि कम हुँदै गएको विशेषज्ञहरुको धारणा छ ।

पार्नोग्राफी

अनलाइन पोर्नोग्राफीको बढ्दो चलनका कारण धेरै मानिसहरुमा इन्टरनेट सेक्स एडिक्शन जस्तो बीमारी देखिन थालेको छ, जसले उनीहरुलाई आफ्नो वास्तविक यौन सम्बन्धप्रति रुचि कम हुँदै गएको छ । सरकारले इन्टरनेटमा पोर्न साइटहरुलाई कडाइ गरेता पनि यसको प्रयोग गर्न रोकिएको छैन । विशेषज्ञहरुका अनुसार जुन व्यक्तिलाई पोर्न फिल्महरुको बानी परेको हुन्छ उसलाई आफ्नो वास्तविक यौन क्रियाकलापबाट त्यति आनन्द आउँदैन ।

यसको कारण काल्पनिक दुनियाँबाट उ बाहिर आउन सक्दैन र उ त्यहि किसिमको सेक्स कल्पनामा डुबिरहन्छ । उसले आफ्नो  सेक्स पार्टनरबाट पनि त्यहि किसिमको अपेक्षा रँख्छ, जुन पुरा हुन सकेन भने उसलाई सेक्सप्रति रुचि घट्दै जान्छ । जसले गर्दा तपाईको यौन जीवनमा नराम्रो प्रभाव पर्न थाल्छ ।

इन्टरनेट

इन्टरनेटले आज हामीलाई सबै कुरामा सजिलो त बनाइदिएको छ तर यसको कति नराम्रा पक्षहरु पनि छन् । तीमध्ये यौनप्रतिको घट्दो रुचि पनि हो । हिजोआज प्राय जोडि आफ्नो स्मार्ट फोनमा यति व्यस्त हुन्छन् , उनीहरु नजिक भएर पनि संगै हुँदैनन् । फुर्सदको समयमा कुराकानी गर्नु, ोमान्टिक बन्नु भन्दा मोबाइलमा व्यस्त हुनु उनीहरुको बाध्यता नै बनिसकेको छ । अहिलेका युवापींढीहरु एकआपसमा भेटघाट गर्ने भन्दा अनलाइनमा डेटिङ गर्न र डिजिटल सोसलाइजिङ बढि रुचाउँछन् । जसको असर उनीहरुको यौन सम्बन्धमा पर्ने गर्छ ।

कामको बढ्दो चाप र तनाव

तनाव र कामको चाप पनि यौनप्रति निरसताको एउटा कारण हो । केही दशक अगाडि महिलाहरु गृहिणिमा मात्र सिमित हुन्थे र कामबाट थाकेर आएको श्रीमानलाई हरेक प्रकारले रिझाउन कोसिस गर्दर्थे । जसले उनीहरुको यौन जीवनमा उत्तेजना भैरहन्थ्यो ।

तर, आज श्रीमान्-श्रीमती  दुबै नै कामकाजी हुन्छन् । दुबैमा कामको यति दवाव र तनाव हुन्छ, जसले उनीहरुको जीवनबाट यौनको महत्व घट्दै जान्छ । उनीहरु कामको तनावका कारण शारीरिक, मानसिक र भावनात्मक रुपले शिथिल भैसकेका हुन्छन्, जसले उनीहरुमा कामोत्तेजना कम हुँदै जान्छ । कामको तनावले हार्मोनहरुको स्तर पनि तल-माथि हुन थाल्छ । यी सबैको प्रभाव यौन सम्बन्धमा पर्न थाल्छ ।

आकर्षक शरीर बनाउने चाहाना

युवाहरुमा आकर्षक शरीर बनाउने त एउटा फेशन नै भएको छ । उनीहरु छिट्टो भन्दा छिट्टो आफ्नो शरीरलाई आकर्षक बनाउनका लागि डाइट सप्लीमेन्ट्स र विभिन्न किसिमका औषधिहरुको प्रयोग गर्छन् । जसले उनीहरुको शरीर केहि समयका लागि आकर्षक त हुन्छ तर लामो समय यस्ता कुराको प्रयोगले स्वास्थमा नराम्रँ प्रभाव पर्न थाल्छ । कतिपय  डाइट सप्लीमेन्टको प्रयोगले नपुंसकता र यौनमा अरुची जस्ता समस्याहरु उत्पन्न हुन थाल्छ ।

गलत प्रकारका खानपान

यौनमा अरुची हुनुको अर्को कारण अस्वस्थ खानपान पनि हो । जंक फुड, प|mाइड फुड इत्यादिको धेरै मात्रामा सेवन गर्नु राम्रो हुँदैन ।  यस प्रकारको खानेकुरामा हाइड्रोजेनटेड फ्याटको मात्रा बढि हुन्छ, जसले  यौन हार्मोनको टेस्टोस्टेरनको स्तर कम गर्छ । जसको कारण यौन सम्बन्धप्रति रुची कम हुन थाल्छ ।

डिप्रेशन

पछिल्ला केही वर्षहरुमा ुवाहरुमा डिप्रेशन र इन्जायटीको समस्या बढ्दो छ । विशेषज्ञहरुका अनुसार युवाहरुमा जागिरको असुरक्षा, धेरै पैसा कमाउने प्रतिस्पर्धा बढ्दै गएको छ । यी सबैको नकारात्मक प्रभाव उनीहरुको मानसिक स्वास्थ्यमा पर्छ । यी समस्यालाई कम गर्न उनीहरु एन्टि डिप्रेसेन्ट जस्ता औषधिको सेवन गर्न थाल्छन्, जसको दुष्प्रभाव उनीहरुको यौन जीवनमा पर्छ ।

यौनप्रतिको अरुचिलाई कसरी कम गर्ने ?

यौनमा रुचि बढाउनका लागि इन्टरनेटको दुनियाँबाट आफुलाई टाढा राख्न आवश्यक छ । हप्तामा दुई घण्टा पोर्न फिल्म हेर्नाले यौन इच्छा प्रबल हुन्छ, तर त्यो भन्दा बढि पोर्न हेर्नाले नकारात्मक प्रभाव पर्ने भएकोले हप्तामा कुल दुई घण्टा मात्र पोन हेर्नु उपयुक्त हुन्छ ।

यसबाहेक खानपानमा ध्यान दिनु पर्छ । आकर्षक शरीर बनाउने क्रममा स्वास्थ्यसंग खेलवाड गर्नु हुँदैन । यौन जीवन सुन्दर बनाउनका लागि सेक्सवर्द्धक खाद्य पदार्थ जस्तै अण्डा, माछा, ओलिभ ओयल, एवोकाडो, डार्क चक्लेट आदिको सेवन गर्नु पर्छ ।

बाहिरको कामको बोझ घरमा ल्याउनु हुँदैन । यौनबाट आनन्द उठाउनका लागि आराम गर्नु आवश्यक छ । आराम गर्नाले हाम्रो शरीरमा सेक्स हार्मोन्स स्वतः बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment