Comments Add Comment

बिरामीको मृत्युपछि नोबल मेडिकल कलेजमा नाराबाजी

५ साउन, विराटनगर । घुँडाको शल्यक्रिया गर्न आएका व्यक्तिको मृत्यु भएपछि विराटनगरको नोबेल मेडिकल कलेजमा नाराबाजी भएको छ । शुक्रबार घुँडाको शल्यक्रिया गर्न आएका विराटनगर– ४ कञ्चनबारीस्थित नोबेल मेडिकल कलेजमा भर्ना भएका सुनसरीको दुहबी नगरपालिका– ६ का ५० वर्षका अनिलकुमार साहको मृत्यु भएपछि अस्पतालमा नाराबाजी भएको हो ।

मोटरसाइकलको स्ट्याण्ड लगाउने क्रममा एकसाता अघि घरमा लडेका साहको दोब्रे खुट्टामा चोट लागेको थियो । खुट्टामा चोट लागेपछि नोबेल मेडिकल कजेल आएका उनलाई खुट्टामा ब्यान्डेज गरेर शुक्रबार थप जाँचका लागि आउन भनेर डाक्टरहरुले घर पठाएका थिए ।

आफन्तका अनुसार शुक्रबार अस्पताल भर्ना भएका उनलाई तत्काल शल्यक्रिया गर्नुपर्ने भनिएको थियो । घुडाको सामान्य अप्रेशन गर्न आफन्तहरु तयार भए । तर अप्रेशनपछि वार्डमा नलगी उनलाई सघन उपचार कक्ष (आईसीयू)मा लगिएको र आफन्तलाई भेट्न नदिई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको आफन्तको दावी छ ।

घुँडाको सामान्य शल्यक्रियामा पनि चिकित्सकले लापरबाही गरेकाले बिरामीको मृत्यु भएको मृतकका भाई प्रदीप साहले बताए । उनका अनुसार घरबाट सामान्य अवस्थामा आएका अनिलको अप्रेशनपछि आईसीयूमा भर्ना गरिएको थियो ।
चिकित्सकले उपचारको क्रमममा लापारबाही गरेका उनीहरुलाई कारवाही र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् ।

शुक्रबार हाडजोर्नी तथा नशारोग विशेषयज्ञ डा. सन्दीप अधिकारीको टोलीले शल्यक्रिया गरेको थियो । उपचारमा लापारबाही गर्ने चिकित्सवलाई कडा कारवाहीको माग पीडित पक्षले राखेका छन् ।

नोबेल मेडिकल कलेजका प्रशासकीय अधिकृत नारायण दाहालले बिरामीको मृत्यु चिकित्सकको लापरबाहीले नभएको जिकिर गरे । शल्यक्रिया गरेपछि वार्डमा सार्ने क्रममा विरामीलाई ‘हटअट्याक्क’ भएको उनको भनाइ छ । विरामीलाई बचाउन तत्काल आईसीयूमा राखे पनि मृत्यु भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment