
२४ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेका दुई सहकारी आपसमा गाभिएका छन् ।
हेटौंडा उपमहानगरपालिका – २ मा रहेको मकवानपुर नमुना वचत तथा ऋण सहकारी र वडा नम्बर १७ मा रहेको प्रगति बचत तथा ऋण सहकारी संस्था आपसमा गाभिएका हुन् ।
असार १९ गते सहकारी विभागले दुई सहकारी एकीकरण भएको निर्णय गरेपछि शुक्रबारदेखि दुई सहकारी एक भई एकीकृत कारोबार सुरु भएको हो । उक्त सहकारी मुख्य कार्यालय हेटौंडा–२ मा राखिएको छ ।
सहकारी संघका अध्यक्ष तथा सहकारी बोर्डका सञ्चालक तथा जिल्ला सहकारी संघका अध्यक्ष बद्रिप्रसाद लम्सालले एकिकृत कारोबारको उद्घाटन गरेका थिए ।
कुल शेयर पुँजी २ करोड ३६ लाख २३ हजार ८ सय रहेको सहकारीको कुल कारोबार रकम २६ करोड ५० लाख ९ सय ३९ रुपियाँ रहेको एकिकरण कार्यक्रममा जानकारी दिइएको हो ।
सहकारीले २१ करोड ४२ लाख ५९ हजार १ सय २२ रुपियाँ ऋण लगानी गरेको सहकारीको बचत रकम १७ करोड १८ लाख ८५ हजार तीन सय ६९ रुपैयाँ रहेको बताइएको छ ।
सहकारीमा २ हजार २ सय ६९ जना शेयर सदस्य रहेको छ ।
प्रतिक्रिया 4