Comments Add Comment

उर्लाबारी नगरपालिकामा मन्त्रालयको हस्तक्षेप : एक महिनापछि सेवा सुरु

३० भदौ, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको हस्तक्षेपछि उर्लाबारी नगरपालिकाको सेवा सुचारु भएको छ । प्रमुख, उपप्रमुखबीचको विवादका कारण एक महिनायता अवरुद्ध सेवा सुचारु भएको हो ।

एक महिनादेखि अवरुद्ध भएको काम सुचारु गर्न बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्र पठाएको थियो । मन्त्रालयले पत्र पठाएपछि सोमबार बसेको नगर कार्यपालिका बैठकले सेवा सुचारु गर्ने निर्णय गरेको नगरपालिका प्रमुख खड्ग फागोले बताए । तेस्रो नगरसभाको निर्णयका आधारमा सेवा सुचारु गर्न सोमबार नै वडा कार्यालयहरुमा परिपत्र गरिएको बताए ।

उच्च अदालत विराटनगरले चौथो नगरसभाको निर्णय तत्काल कार्यान्यन नगर्न आदेश दिएपछि गत साउन २९ गतेबाट नगरपालिकाको सेवा प्रभावित भएको थियो । बिहीबार मन्त्रीस्तर निर्णय गर्दै तेस्रो नगरसभाका आधारमा काम सूचारु गर्न पत्र पठाएपछि सेवा सुचारु गर्ने निर्णय भएको प्रमुख फागोले बताए ।

यो पनि पढ्नुहोस अदालतले रोक्यो उर्लाबारी नगरपालिकाको काम, सेवाग्राहीमा रुवाबासी

गत असार २९ गते उर्लाबारी नगरपालिकाको चौथो नगरसभा भएको थियो । १९ जना कार्यपालिका सदस्य रहेको नगरमा मेयर खड्ग फागोसहित नेपाली कांग्रेसका ६ जना सदस्यले निर्णय गरि चौथो नगरसभा डाकेका थिए ।

कोरम नपुगी नगरसभा डाकेको दाबि गर्दै उपप्रमुख सहित १३ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उच्च अदालतले गत साउन २७ गते नगरसभाको निर्णय कार्यन्यव नगर्न आदेश जारी गरेको थियो । अदालतमा मुद्दा बिचाराधिन भएको अवस्थामा गत आर्थिक वर्ष २०७५–७६ को तेस्रो नगरसभाको निर्णयका आधारमा दैनिक सेवा सुचारु भएपनि विकास निर्माणका काम भने अघि नबढ्ने प्रमुख फागोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment