Comments Add Comment

नेपाल मार्सल आर्टस हाप्किडो संघ प्रदेश ५ मा नयाँ नेतृत्व

२४ कात्तिक, बुटवल । नेपाल मार्सल आर्टस हाप्किडो संघ प्रदेश ५ को पहिलो अधिवेशनले रुपन्देहीका धनबहादुर दमाईको अध्यक्षतामा १३ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

बुटवलमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा विश्वास गुरुङ र यमु थापा, सचिवमा भुवन बुढा मगर र कोषाध्यक्षमा मुक्ति पोखरेललाई चयन गरेको छ ।

सदस्यमा यमुना घर्ती मगर, रामु सुनार, रमेश महरा, राधा पौडेल, देवु थापा, टुल्केबहादुर थापा र सागर खवार चयन भएका छन् । संघ अधिवेशनमा प्रदेश समितिमा रुपन्देही, पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, कपिलबस्तु, बाँके, वर्दिया, दाङ, प्यूठान, रोल्पाका प्रतिनिधिहरु सहभागी रहेका नेपाल मार्सल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालिबहादुर घर्ती मगरले जानकारी दिए ।

नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना दिँदै प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले अबको केही महिनामा प्रदेश खेलकुद परिषदलाई पूर्णता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment