Comments Add Comment

७ बिलियन डलर लगानी गर्ने ओपोको योजना

२४ मंसिर, काठमाडौं । क्रिएट वियोन्ड बाउन्डरिज् थिम सहित ओपोले आजशन्-चन्मा ईन्टेलिजेन्ट कनेक्टिभिटीको यूगका लागि आफ्नो अन्तरदृष्टि र पहलहरु प्रदर्शित गर्दै ओपो ईन्न्ाो डे २०१९ आयोजना गरेको छ । कार्यक्रम मार्फत ओपोले स्मार्ट वाचेज्, स्मार्ट हेडफोन्स, फाइभजी सीपीई, एआर ग्लासेज् लगायत आफ्ना स्मार्ट उपकरणहरुका साथै फ्ल्याश चार्जिङ, फाइभजी, ईमेजिङ र सफ्टवेयर अप्टिमाइजेसन लगायत क्षेत्रमा आफ्ना प्रमुख उपलब्धिहरु माथि पनि प्रकास पारेको थियो ।

भविस्यको प्रविधिकाबारेमा थप जानकारी प्रस्तुत गर्नका लागि यो कार्यक्रमले उद्योगका विशेषज्ञ कि अपिनियन लिडर्स, पार्टनर्स लगायतका लागि एक सटिक मञ्चका रुपमा काम गरेको छ । ‘फाइभजीअंगीकरण र एआईको ब्यापकताका साथमा कनेक्टिभिटी सर्वसुलभ हुने तगारोमा पुगेको छ । कनेक्सनको अवधारणा जग मात्र हो जबकी एकिकरण र बस्तुहरुका अभिसरण भने भविस्य हुने हाम्रो विश्वास छ । ईन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणालाई ४ प्रमुख भागमा विभाजन गर्न सकिन्छ । ती चार अभिन्न अंगमा प्रविधि र सेवाको अभिसरण, संस्थाको अभिसरण, संस्कृतीको अभिसरण र प्रविधि, कला र मानवजातीको अभिसरण पर्छन् ।’

कि-नोट स्पिस प्रस्तुतगदैै ओपोका संस्थापक तथा प्रमुखकार्यकारी अधिकृत टोनी छन्ले भने, ‘सुरुवातदेखि नै ओपोको परिचयफोन निर्मातामा मात्र सिमित थिएन । वास्तवमा स्मार्टफोन्सले ओपोलाई आफ्नो बृहत प्राविधिक सेवाको पोर्टफोलियो थप सुलभ बनाउन सघाएको हो । ओपोका साथै समग्र उद्योग मै नितान्त स्मार्टफोनमा मात्र केन्दि्रत सायदै कुनै कम्पनी होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment