Comments Add Comment

वनभोज हिंडेको मदन भण्डारी कलेजको बस दुर्घटना, २२ जना घाइते

Photo Credit : RSS

२७ मंसिर, काठमाडौं । काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट वनभोजको लागि भक्तपुर जाँदै गरेको बस शुक्रबार बिहान दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडा वनभोज स्थलका लागि जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२८६ नम्बरको बस बीच सडकमा पल्टिएर दुर्घटना भएको भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले अनलाइनखबरलाई जानकारी दिए ।

ब्रेक नलाग्दा अनियन्त्रित भएर एक तर्फको चक्का ढिस्कोमा चढ्न पुग्दा बस बीच सडकमै पल्टिन पुगेको हुन सक्ने प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

२२ जना घाइते मध्ये २ जनाको टाउकोमा गम्भिर चोट रहेकाले थप उपचारका लागि काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पताल पठाइएको उनले बताए । २० जनाको डाक्टर इवामुवारा अस्पताल सल्लाघारीमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले बताए । दुर्घटनामा परेको उक्त बसमा ४६ जना सवार थिए ।

प्रधानका अनुसार ११ वटा गाडीमा कलेजका विद्यार्थीहरु र शिक्षकहरु वनभोजका लागि भक्तपुर जाँदै थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment