Comments Add Comment

सिन्धुपाल्चोक बस दुर्घटनाप्रति जनमोर्चाद्वारा शोक व्यक्त

३० मंसिर,  काठमाडौं । राष्ट्रिय जनमोर्चाले सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनामा परी मृत्यु भएकाहरूप्रति गहिरो शोक व्यक्त गरेको छ ।

जनमोर्चाले सोमबार विज्ञप्ति जारी गरेर घटनामा परी दिवंगत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ती मार्फत यसप्रकारको दुर्घटना हुन नदिन सम्बन्धित क्षेत्रमा व्यापक सुधार र सुरक्षाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्दै घाइतेहरुको उपचारको राम्रो व्यवस्था गर्न अनुरोध गरेका छन् ।

यो पनि पढ्नुहोस सिन्धुपाल्चोकमा बस दुर्घटना, १५ जनाको मृत्यु

स्तरहीन सडक, पुराना र राम्रो अवस्था नभएका सवारी साधनहरुको प्रयोग, चालकको लापरबाही वा उनीहरुका कमजोरीका कारणले पनि बढी दुर्घटना हुने गरेको भन्दै जनमोर्चाले यातायातसँग सम्बन्धित निकाय वा प्रहरीले पनि दुर्घटना न्यूनिकरणमा खासै ध्यान नदिएको भन्दै यस्तो कार्यको भत्सर्ना समेत गरेको छ ।

यो पनि पढ्नुहोस सिन्धुपाल्चोक दुर्घटना : झ्यालबाट हाम फालेका चालक सम्पर्कविहीन

आइतबार दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ स्थित ६ किलो भन्ने ठाउँमा दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

यो पनि पढ्नुहोस श्रृंखलावद्ध सवारी दुर्घटना : शोक वक्तव्यसमेत निकाल्दैन सरकार !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment