Comments Add Comment

सांसदको तलब सामुदायिक विद्यालयलाई

२ पुस,काठमाडौं । चुनावमा गरेको प्रतिबद्धता अनुरुप तनहुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले सांसद भए बापत प्राप्त हुने तलब जिल्लाको सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद श्रेष्ठले अघिल्लो महिनाको तलब घिरिङ गाउँपालिका ३ स्थित चन्द्रज्योति माविलाई हस्तान्तरण गरेका हुन् । मंगलबार नेकपा केन्द्रीय कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापालाई सांसद श्रेष्ठले ५० हजार रुपैयाँ हस्तान्तरण गरे ।

सांसद श्रेष्ठले हरेक महिनाको तलब जिल्लाका फरक विद्यालयको व्यवस्थापन खर्चका लागि उपलब्ध गराउँदै आएका छन् । सांसद भए बापतको तलब जिल्लाका बिभिन्न सामाजिक तथा सामुदायिक संघ सस्थालाई उपलब्ध गराउने बचन चुनावकै बेला दिएकाले सोही अनुसार आफूले तलब बुझे पनि व्यक्तिगत प्रयोजनमा खर्च नगरेको उनले बताए ।

यसअघि उनले दुई महिनाको तलब भानुस्थित सिद्धबाबा युवा क्लब र तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषदलाई उपलब्ध गराएका थिए । कुनै महिनाको तलब विद्यालय र कुनै महिनाको सामाजिक काममा लगाउने गरेका उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment