Comments Add Comment

दाङमा ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

Photo Credit : RSS

३ पुस, काठमाडौं । दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट बिहीबार एक जना बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-७ शिवनगर बस्ने १२ वर्षीया बालिका बिजिता केसीको रहेकी छन् । बिजिता तुलसीपुरस्थित तुलसी माध्यामिक विद्यालयको कक्षा ८ मा अध्ययनतर छात्रा हुन् ।

तुलसीपुर उपमहानगरपालिका-५ गोदाम घर नजिकै रा.१ त १४३५ नम्बरको ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएकी केसीको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकी १४ वर्षीया मनिषा वलीको सोही अस्पतालमा उपचार भइरहेको र ठक्कर दिने ट्याक्टरका चालकलाई नियन्त्रणमा प्रहरीले जनाएको छ ।

सहपाठी बिजिताको ट्याक्टरको ठक्करबाट मृत्यु भएपछि तुलसी माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ठक्करदिने चालकलाई कारबाही लगायतका माग राख्दै आन्दोलित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment