Comments Add Comment

बिन्दवासिनी गाउँपालिकाका विद्यालय एकसाता बन्द

३ पुस, वीरगञ्ज । अत्याधिक चिसो बढेपछि पर्साको बिन्दवासिनी गाउँपालिकाका विद्यालय एक साताका लागि बन्द गरिएको छ । जाडो विदामा क्रिसमस र सूर्य ग्रहणको विदा समेत जोडिएको छ ।

चिसोका कारण बालबालिकालाई पठन पाठनमा समस्या भएपछि गाउँपालिका प्रमुख श्रीलाल साह कानु, शिक्षक संघ संगठनको आग्रहमा एक साताका लागि विद्यालय बन्द गरिएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

पुस ४ गते शुक्रबारदेखि पुस ८ गतेसम्म जाडो विदा दिने निर्णय गरेको छ भने पुस ९ गते क्रिसमस डेको अवसरमा पनि विदा दिने निर्णय गरेको छ । यस्तै पुस १० गते सूर्य ग्रहण लाग्ने भएकोले सो दिन पनि विदा दिने सूचना जारी गरिएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख प्रमोद तिवारीले जाडो, क्रिशमस र सुर्यग्रहण समेत गरि एक साताका लागि विद्यालय बन्द गरिएको बताए । ‘जाडो बढेको छ, बालबालिकालाई पठन पाठनमा समस्या हुन्छ’ शाखा प्रमुख तिवारीले भने, ‘लामो सूर्य ग्रहणमा मानिसहरु बाहिर ननिस्कने चलन रहेको र बालबालिकाको आँखामा असर पर्न सक्ने भएकोले विद्यालय विदा दिने निर्णय गरेका हौं ।’ यस गाउँपालिकामा १४ वटा सामुदायिक विद्यालयहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment