Comments Add Comment

बालबालिकाको अपराधिक मानसिकतालाई कसरी बुझ्ने ?

बालबालिकाहरु मन साँचो हुन्छ भन्ने कुरा सबैलाई थाहा भएको कुरा हो । आफ्नो निश्चल मुस्कान र निर्दोषपनाले सबैको मनलाई मोहित बनाउने भएकाले बालबालिलाई सबैले मन पराउँछन् । यद्यपि, कहिलेकाहीँ तिनै बालबालिकाहरुले त्यस्ता कि्रयाकलाप देखाउँछन् । जुन बालमनमा आपराधिक मानसिकता कसरी उत्पन्न भयो भन्ने थाहा नै हुँदैन । तर, त्यसका बारेमा  हामी सोच्न बाध्य हुन्छौं ।

परिर्वतनशील समयसँगै आमा-बुबा र परिवारका अग्रज सबै बालबालिकाको गतिविधिहरुलाई नियाल्न अति नै आवश्यक भएको छ । बालबालिकाहरुले सामान्यभन्दा फरक केही अलग व्यवहार आउन लागेको समस्याको संकेत हुनसक्छ ।

बालबालिकाको स्वस्थ मानसिक विकासका लागि पारिवारिक वातावरण राम्रो र सुमधुर हुन अति नै आवश्यक हुन्छ ।  ठूलाको आपसी कुरा पनि कहिलेकाहीँ बालबालिकालाई समस्यामा पार्न सक्छ । जसको असर उनीहरुको विकासमा पर्न सक्छ । जस्तो आमा-बुबा अथवा ठूला अग्रजहरुबीच कुनै मतभेद छ भने अथवा उनीहरुको बालबालिकाहरुका अगाडि भनाभन भयो भने साथै आपसमा कुरा गर्दा पनि राम्रा शब्दहरुको प्रयोग गर्नुपर्छ । किनभने बालबालिकाले जे देख्छन् अथवा सुन्छन्, त्यस्तै प्रकारको आचरण गर्छन् । केवल स्कुलको मात्र राम्रो वातावरणले उनीहरुको व्यक्तित्व निमार्ण गर्न सकिँदैन ।

बालबालिका जहाँ र जसको बीचमा खेल्छन् र कुराकानी गर्छन् । उनीहरुको सम्बन्धमा पनि जानकारी राख्नु र स्व्ायं बालबालिकासँग सोधपुछ पनि गर्दै गर्नुपर्छ । केवल कुराकानी गरेर मात्र पनि तपाईं आरामले बालबालिकाको बारेमा जानकारी जुटाउन सक्नुहुन्छ । बालबालिकाको साथी बनेर कुरा गर्नु र उनीहरुको समस्याहरुको समाधान गर्नु पनि अति नै आवश्यक भएको छ ।

हिजोआज बालबालिकासँग सम्बन्धित विभिन्न घटनाहरु सुन्न र देख्न थालिएको छ । छिमेकी भारतमा सन् २०१७ मा एउटा पब्लिक स्कूलमा जुन अबोध बालबालिकाको हत्या भएको थियो । हत्या हुनुको पछाडिको कारण भनेको अति नै आश्चर्यजनक थियो । त्यो हो केवल परीक्षाको एक दिन टार्नका लागि एउटा बच्चाले अर्को बच्चाको हत्या गरेको थियो । जुन बच्चामा परीक्षाको डर थियो, त्यसका बारेमा आफ्नो आमा र शिक्षकसँग पनि कुरा गर्न सक्थ्यो । आफ्नो समस्या भन्न सक्थ्यो ।

यदि शिक्षक र आमा-बुबाबीच मित्रवत् व्यवहार भएको भए सायद उसले त्यो घटना घटाउने हिम्मत नै गर्ने थिएन । यसको साथै उसको मनमा हत्याको विचार र योजना कसरी आयो भन्ने सोच्नु पर्ने कुरा थियो । त्यस्तो सोच र विचार दुई दिनमा बढ्दैन । घर, स्कूलको साथी अथवा कुनै सिरियलबाट सम्भवतः प्रेरित भएको हुन सक्थ्यो । उसको व्यवहारमा परिर्वतन पनि देखिन थालेको हुनसक्छ । यदि घरबाट उसलाई कसैले नोटिस गरेको भए बालबालिका अपराधी बन्नबाट बच्न सक्थ्यो र अर्को बच्चा पनि जिवित हुन सक्थ्यो ।

यस्ता स-साना कुराहरुले बालमनमा मनोवैज्ञानिक प्रभाव पर्छ । प्राचीनकालमा झारफुक र टुनामुनाले मानिसहरुको उपचार गर्ने कोसिस गरिन्थ्यो । तर, हिजोआज बाल मनोविज्ञानका लागि अलग तरिकाको अध्ययन गर्न थालिएको छ र बालबालिकालाई बुझेर उनीहरुलाई परामर्शद्वारा उत्कृष्ट बनाउने प्रयास गरिन्छ । यदि बालबालिकाहरुमा कहिले पनि कुनै परिवर्तन अथवा चिडचिडापन देखियो भने उनीहरुसँग कुराकानी गर्नुपर्छ । यदि समस्या बुझ्न सकिएन भने चिकित्सकको सहयोग लिनुपर्छ ।

बालबालिकाहरुमा स्वस्थ बानीहरुको विकास गर्नुपर्छ । उनीहरुलाई पौष्टिक खाना खाने बानी बसाउनु पर्छ । पढाईका साथ-साथै खेलकुदका लागि पनि समय दिनुपर्छ । केही समय आफूले पनि उनीहरुसँग समय बिताउनुपर्छ र त्यो बेला उनीहरुका बारेमा, साथीहरुका बारेमा, शिक्षकहरुका बारेमा, स्कुलका बारेमा मनपर्ने-मन नपर्ने कुराहरु ध्यान दिएर सुन्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment