Comments Add Comment

माघेसंक्रान्तिको अवसर पारेर गोरखाको बोर्लाङमा मास महोत्सव

२३ पुस, काठमाडौं । गोरखाको भीमसेन थापा गाउँपालिका बोर्लाङका किसानले फलाएका कृषि उपज बिक्री गर्न पहिलो हाट बजार तथा मास महोत्सव आयोजना गरिएको छ । यस वर्ष गाउँमा फलेका मास, भटमासलगायातका कृषि उपज बिक्री गर्न माघेसंक्रान्तिको अवसर पारेर पुस २९ गते मास महोत्सव आयोजना गरिएको हो ।

स्थानीय उद्यमशील साना किसान कृषि सहकारी संस्थाले भीमसेन थापा गाउँपालिका वडानम्बर ८ को सहकार्यमा महोत्सव आयोजना गरेको हो ।

महोत्सवमा भीमसेन गाउँपालिका ७ र ८ का किसानले फलाएको मास, भटमासलगायतका कृषि उपज र मासका परिकार बिक्रीमा राखिने आयोजकले जनाएको छ ।

महोत्सवमा मासको रोटी, बारा, मस्यौरा, फुरौला, मासको समोसा र मःम पनि राखिने सहकारी संस्थाका अध्यक्ष भरत ढकालले जानकारी दिए ।

महोत्सवमा व्यापारी र सर्वसाधारणले किसानबाट मास, भटमासलगायतका गेडागुडी खरिद गर्न सक्नेछन् । महोत्सवमा ४० मुरीसम्म मास बिक्री गर्ने लक्ष्य राखिएको ढकालले बताए ।

मास महोत्सवपछि भीमसेन थापा गाउँपालिका- ८ महादेवटारमा नियमित हाटबजार सञ्चालन गर्ने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment