
२ माघ, वीरगञ्ज । प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले लागू औषध प्रयोगकर्तालाई दण्ड नभइ परामर्श दिनुपर्ने बताएका छन् ।
उनले लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकोले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान सुरु गरेको बताए ।
कुलतमा फस्नु अघि र जेल परेपछि पनि उनीहरुलाई परामर्श केन्द्रमै लैजानुपर्नेमा उनको भनाइ छ । परामर्श केन्द्रमा विज्ञले काउन्सिल गर्ने र समाजमा पुनर्स्थापना गर्न भूमिका निर्वाह गर्ने उनको दाबी छ ।
लागू औषध सेवन गर्ने व्यक्ति आफैं पीडित भएको भन्दै आईजीपी खनालले उनीहरुको उद्धारका लागि अभिभाकले सकि्रय हुनु पर्ने बताए ।
वीरगञ्जमा लागू औषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि सञ्चालित निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रको बिहिबार उद्घाटन गर्दै उनले शिक्षक र अभिभावक लागू औषध विरुद्ध खुलेर आउनुपर्नेमा जोड दिए ।
आईजीपी खनाल भन्छन्, ‘लागू औषधले विकराल रुप लिइसक्यो, छोरा छोरी कुलतमा लागेका छन्, अभिभावक, शिक्षकले यो विषयलाई अगाडि आएर भन्न सकेका छैनन् । अर्कोले के भन्ला भन्न् डर भएको छ । उनीहरुको उद्धार गर्नु पर्छ । अभिभावक मुख खोलेर आउनु पर्छ ।’
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले लागू औषध प्रयोगकर्ताको पुनर्स्थापनाका लागि खुलेका केन्द्रहरुमा चर्को शुल्क रहेको बताए ।
प्रतिक्रिया 4