Comments Add Comment

बुटवलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१५ सय मिटर छात्र दौडमा कान्तीका सन्तोष र छात्रामा कालिकाकी अस्मी बिजयी

२ माघ, बुटवल । बुटवलमा प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ सुरु भएको छ ।बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा एन्फा टेक्निकल सेन्टर देबिनगरमा रनिङ शिल्ड सुरु भएको हो ।

५ गतेसम्म आयोजना हुने प्रतियोगिताको पहिलो दिन भएको १५ सय मिटर दौडको छात्र तर्फको उपाधि कान्ति माविका सन्तोष घर्तीले हात पारेका छन् । उनले उक्त दुरी ४ मिनेट ४८.३२ सेकण्डमा पुरा गर्दै प्रथम भएका हुन् । यसैगरी कालिका मानव ज्ञानका दिपेन थापाले ५ मिनेट ००.३३ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भए । नवीन औधोगिक माविका हरिप्रसाद भुसाल ५ मिनेट ३८.१० मा उक्त दुरी पार गर्दै तेस्रो भएका छन् ।

छात्रातर्फ कालिका अस्मी पल्ली प्रथम भइन् । उनले उक्त दुरी ६ मिनेट ३४.४५ सेकेन्डमा पुरा गरिन् । नवीनकी लक्ष्मी बलामीले ६ मिनेट ५३.२४ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो भइन्। उजिरसिंह माविकी सोनीसरा पुनले दुरी ७ मिनेट ०० ५४ सेकेन्डमा पुरा गर्दै तेस्रो भइन् ।

त्यस्तै ज्यावलिङ थ्रो तर्फ छात्रमा न्यु होराइजन माविका सरोज महत प्रथम भएका छन् । उनले ३५.९५ मिटर थ्रो प्रहार गरेका थिए । कालिका मानव ज्ञानका सुभम मगर ३२.७५ मिटर थ्रो गर्दै दोस्रो भए । यसैगरि नेपाल एभरग्रिलका पारस घर्ती ३१.९५ मिटर थ्रो गर्दै तेस्रो भएका छन् । छात्रातर्फ कालिका मानव ज्ञानकी ज्योती भण्डारीले १२.६० मिटर दुरी थ्रो गर्दै प्रथम भएकी छन् । नवीन औधोगिक माविकी सुशिला बिकले १२.३० मिटर थ्रो गर्दै दोस्रो तथा नहरपुर माविकी सीमा राना १०.९५ मिटर थ्रो गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

विद्यालयस्तरमा रहेका प्रतिभालाई खेलमार्फत छनौट गरि उत्कृष्ट खेलाडीहरुलाई जिल्लामा सहभागिता पाउने आयोजक समितिका अध्यक्ष नन्द बहादुर काउचाले बताए ।

यसैगरी भलिबल, कबड्डी तथा मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसु जिल्ला मार्फत छनौट खेल हुने छ । समितिका सदस्य उमेश थापाले एथ्लेटिक्सतर्फ १३ इभेन्टहरु हुने बताए । खेलको उद्घाटन भने भोली गरिने आयोजकले जनाएका छन् ।

प्रतियोगितामा ४८ वटा इभेन्टमा २ सय ५८ वटा पदकका लागि उनीहरुले भाग लिने छन् ।नगरभित्रका सामुदायिक र नीजि गरि २४ वटा विद्यालयका करीब ६ सय खेलाडीहरुको सहभागिता छ । सहभागि सबै बिद्यार्थीले शिल्ड,मेडल र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा सहभागी गराइने र त्यसपछि प्रदेशमा सहभागिता पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment