+
+
Shares

जबरजस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा 

रासस रासस
२०७६ माघ ६ गते १४:५६

६ माघ, नवलपुर । चालीस वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ ।

प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि मुद्दा चलाएको हो । अहेव सुस्लिङ फरार रहेकाले उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“माघ २ गते बिहीबार साँझ सुस्लिङले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि मुद्दा चलाइएको हो”, नवलपुरका प्रहरी उपरीक्षक मोहन पोखरेलले भने, “जाहेरी दर्ता भएपछि अहेव सुस्लिङलाई पक्राउ गर्न प्रहरी खटिएको छ ।” “घटना थाहा पाउने बित्तिकै प्रहरीलाई घटनास्थल पठाइएको छ”, उनले भने, “पीडित महिलाको स्वास्थ्य जाँचसमेत गरिएको छ ।”

घटना प्रहरी कहाँ पुगेको तीन दिनसम्म पनि आरोपित पक्राउ नपर्नु दुःखद भएको स्थानीयवासीले बताएका छन् । फरार आरोपीलाई प्रहरीले खोजतलास गर्न ढिला गर्न नहुने महिला अगुवा लीला भण्डारीले बताए । “पीडकलाई गाउँमै माफी मगाउने र पीडितलाई रु २० हजार दिएर मिलापत्र गर्ने धम्की दिएपछि प्रहरीको शरणमा आएका हौँ”, पीडित महिलाका श्रीमानले भने, “अहिले पनि तँसँग मुद्दा लड्ने पैसा छैन, मुद्दा फिर्ता लिई भन्दै पीडकका आफन्तहरुले दबाव दिएका छन् ।”

पीडकलाई पक्राउ नगर्दा पीडितहरुमाथि दबाव र धम्की आइरहेको पीडितका श्रीमान्ले गुनासो गरे । जति छिटो प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने बताउँदै उनले भने, “श्रीमतीलाई एक्लै पारेर जबर्जस्ती गर्नेलाई कारबाही हुनैपर्छ ।” “मेरो श्रीमतीलाई उल्टै कान्छी बनाउन लैजान्छु तँलाई पैसा दिन्छु भनेर आएका छन्, अन्यायमा परेकाले न्याय पाइदैन ?”, उनले भने, “दोषीलाई कडाभन्दा कडा कानूनी कारबाही हुनुपर्छ ।”

गाउँमा पहिले पनि यौनजन्य अपराध हुँदा स्थानीयस्तरमै बसेर मिलापत्र गर्न जनप्रतिनिधिले दबाब दिने गरेकाले आरोपितहरुको मनोबल बढ्ने गरेको स्थानीयवासीको भनाइ छ । पीडकलाई कानूनी रुपमा कारबाही हुने अवस्था आउनुपर्ने बुलिङटारका यमबहादुर सारुले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?