Comments Add Comment

लसुन र नुनपानीले कोरोना भाइरस मर्दैन

विश्वभरी चिन्ताको एउटै विषय रहेको छ, त्यो हो कोरोना भाइरस । आज संसारका विभिन्न ठाउँहरु कोरोना भाइरसको चपेटामा परेको छ । यो भाइरसको संक्रमणले हरेक दिनजसो मानिसहरुको ज्यान गइरहेको छ भने हजारौं मानिसहरु यसबाट संक्रमित भएका छन् । चीनबाट सुरुवात भएको यो भाइरसले चीन बाहेक  हङकङ र फिलिपिन्समा पनि १-१ जना व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

चीनमा त सैयौंले ज्यान गुमाइसकेका छन् भने हजारौं मानिस यसको संक्रमणले अस्पतालमा भर्ना भएका छन् । त्यस्तै जापानमा पनि कोरोना भाइरसबाट संक्रमित मानिस भेटिएका छन् । चीनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणले ५ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ । यसरी मानिसहरु यस भाइरसबाट संक्रमित हुने र पछि ज्यानै गुमाउने यस भाइरसविरुद्ध सर्वेक्षणकर्ताहरुले अहिलेसम्म पनि कुनै औषधि अथवा भ्याक्सिन बनाउन सकेका छैनन् । संसारमा पहिलो पटक देखिएको यस भाइरस अन्त्य गर्नका लागि उनीहरु यसका लागि दिनरात खटिरहेका छन् । बिस्तारैै-बिस्तारै संसारका विभिन्न ठाउँहरुमा फैलँदै गएको यो भाइरसका बारेमा मानिसहरुका विभिन्न जिज्ञासाहरु रहेका छन् ।

अहिले सामाजिक सञ्जालमा कोरोना भाइरसको संक्रमण लसुन र निमोनियाको औषधिले निको हुन्छ भन्ने कुरा भाइरल भएको छ । त्यस्तै तिलको तेलले इन्फेक्सन रोक्न सकिन्छ भन्ने जस्ता विभिन्न उपचारहरुका प्रश्नमा विश्व स्वास्थ्य संगठन जवाफ दिएको छ ।

विश्व स्वास्थ्य संगठनले मानिसहरुलाई भ्रमित गरिरहेका प्रश्नहरु मध्येबाट १० वटा महत्वपूर्ण प्रश्नहरु छानेर ती प्रश्नहरुको जबाफ पब्लिक डोमेनमा जारी गरेको छ ।

१. के लहसुनले कोरोना भाइरसको संक्रमणलाई रोक्छ ?

विश्व स्वास्थ्य संगठन – लसुनले स्वास्थमा फाइदा पुर्‍याउँछ र यसमा सूक्ष्मजीवहरुबाट हुने हानिबाट बचाउने खुबी पनि छ । तर, यसको सेवनले भाइरसको संक्रमण हुँदैन भन्ने कुरा वैज्ञानिक रुपमा प्रमाणित भएको छैन ।

२.तिलको तेलले कोरोना भाइरस मर्छ ?

विश्व स्वास्थ्य संगठन- कोरोना भाइरसलाई तिलको तेलको प्रयोगले मार्न सकिँदैन । तिलको तेलमा केही त्यस्ता रसायन त छन्, जसले भाइरसहरुलाई मार्न सक्छ । तिलको तेलमा ब्लिचिङ, क्लोरिनयुक्त डिसइन्फेक्टेन्ट समावेश छ । जसको प्रयोग हामी सरसफाइमा गर्न सक्छौं । तर, भाइरस शरीरमा प्रवेश गरिसकेको छ भने भाइरसमा यसको कुनै पनि असर हुँदैन । तिलको तेलको प्रयोग छालामा गर्नु खतरनाक सावित हुनसक्छ ।

३.नुन र पानीले नाक धुनाले यसको संक्रमण रोक्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठन- नुन पानीले नाक धुँदा भाइरसको संक्रमणलाई रोक्न सकिन्छ भन्ने कुराको अहिलेसम्म कुनै प्रमाण पत्ता लागेको छैन । रुघा-खोकी लाग्दा यो प्रक्रियाले केही प्रभाव देखाएतापनि कोरोना भाइरसमा यो प्रक्रिया बारेमा केही साबित भएको छैन । दिनहुँ नाक सफा गर्नाले सास फेर्न बाधक हुने संक्रमण रोक्न सकिन्छ भन्ने आवश्यक छैन ।

४.चीनबाट आएको पार्सल अथवा चिठ्ठी छुनु अथवा प्रयोग गर्नाले संंक्रमण हुन्छ ?

विश्व स्वास्थ्य संगठन– चीनबाट आएका पार्सल अथवा चिठ्ठी छुनाले अथवा प्रयोग गर्नाले संक्रमण फैलँदैन । कोरोना भाइरस लामो समयसम्म कागज अथवा प्याकेजिङमा टाँसिएपछि यो भाइरस बाँच्दैन् भन्ने कुरा सर्वेक्षणबाट प्रमाणित भइसकेको छ ।

५.घरपालुवा जनावरबाट यो भाइरस फैलन्छ ?

विश्व स्वास्थ्य संगठन- कुकुर अथवा बिरालो जस्ता घरपालुवा जनावरबाट कोरोना भाइरस फैलन्छ भन्ने कुराको अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन । सबैभन्दा राम्रो उपाय भनेको घरपालुवा जनावरलाई छोएपछि साबुन पानीले हात धुनुपर्छ । यसो गर्दा ई-कोलाई र सल्मोनेला जस्ता ब्याक्टेरियाबाट पनि बच्न सकिन्छ । जुन विशेष गरेर मानिस र जनावरबीचमा फैलन्छ ।

६.निमोनियाको भ्याक्सिनले यो भाइरसबाट सुरक्षा गर्छ ?

विश्व स्वास्थ्य संगठन- न्युमोकोकल र हिमोफिलस इनफ्लूइन्जा जस्ता निमोनियाका भ्याक्सिनले कोरोना भाइरसबाट सुरक्षा गर्न सक्दैन । सर्वेक्षणकर्ताहरुले कोरोना भाइरसका लागि भ्याक्सिन विकसित गर्ने कोसिस त गरिरहेका छन् । तर, अहिलेसम्म कुनै पनि किसिमको प्रभावकारी भ्याक्सिन तयार हुन सकेको छैन ।

७.मुखधुँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ?

विश्व स्वास्थ्य संगठन – मुख धुँदा कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ भन्ने कुराको वैज्ञानिक रुपमा अहिलेसम्म यसको पुष्टि भएको छैन । केही मुखधुने विधि यस्तो पनि हुन्छ । जसले र्‍यालबाट किटाणुलाई नष्ट गर्छन् । तर, यसको अर्थ कोरोना भाइरसको संक्रमणबाट पनि बचाउँछ भन्ने होइन ।

८.कस्ता उमेरको मानिसलाई संक्रमण हुन्छ ?

विश्व स्वास्थ्य संगठन– कोरोना भाइरसले कुनै पनि उमेर र वर्गको मानिसलाई संक्रमित गर्नसक्छ । यदि कुनै मानिस अस्थमा (दम), मधुमेह -डाइबिटिज) र मुटु सम्बन्धी समस्याले ग्रसित छ भने उनीहरुलाई यो भाइरसले सजिलै संक्रमित गर्न सक्छ र स्थिति गम्भीर हुुनसक्छ । सबै उमेर वर्गका मानिसहरुले यो भाइरसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउनुपर्छ ।

९.एन्टि-बायोटिक्सले भाइरसबाट बचाउँछ ?

विश्व स्वास्थ्य संगठन- एन्टि-बायोटिक्सले केवल ब्याक्टेरियाहरुबाट मात्र बचाउँछ, भाइरसबाट होइन । कोरोना भाइरसबाट संक्रमित बिरामीमा ब्याक्टेरियल इन्फेक्सनको लक्षण देखिएमा सावधानीको रुपमा एन्टिबायोटिक्स दिन सकिन्छ ।

१०.कोरोना भाइरसको कुनै पनि किसिमको औषधि छैन ?

विश्व स्वास्थ्य संगठन- कोरोना भाइरसको अहिलेसम्म पनि कुनै किसिमको औषधि तयार भएको छैन । जसले यसको संक्रमणलाई रोक्न र बिरामीको उपचार हुने त्यस्तो कुनै औषधि र भ्याक्सिनको पत्ता लगाउने कोसिस भइइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment