Comments Add Comment

रुकुम पूर्वको सदरमुकाम माग्दै माइतीघरमा प्रदर्शन

२८ माघ, काठमाडौं । रुकुम पूर्व जिल्लाको सदरमुकाम गोल्खाडा कायम गर्न माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन भएको छ ।

रुकुम पूर्व जिल्ला सदरमुकाम गोल्खाडा सरोकार समितिको आयोजनामा रुकुम पूर्वका वासिन्‍दाको एक समूहले प्रदर्शन गरेको हो । मन्त्रिपरिषद बैठकले माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका १२ गोल्खाडालाई सदरमुकाम तोके पनि कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषदको उक्त निर्णयको विरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ । प्रारम्भिक सुनुवाईका क्रममा अदालतले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेको छ ।

मंगलबारको प्रदर्शनमा प्रदर्शनकारीले उक्त रिट खारेज गर्न पनि माग गरेका छन् । हाल रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment