Comments Add Comment

विस्ताराले थाल्यो दिल्ली-काठमाडौं उडान सेवा

२९ माघ, काठमाडौं । टाटा समूह र सिंगापुर एयरलइन्सको संयुक्त उद्यम (जोइन्ट भेन्चर) विस्तारा एयरलाइन्सले दिल्ली र काठमाडौँको लागि आफ्नो दैनिक उडानको सुरूवात गरेको छ ।  तीब्र गतिमा वृद्धि भई रहेको सञ्जालमा काठमाडौं भारत बाहिरको पाँचौ अन्तर्राष्ट्रिय गन्तब्यको रूपमा रहेको छ ।

दिल्लीबाट वस्ताराको उद्घाटन भएको उडानबाट आएका यात्रुहरुलाई काठमाडौँमा  स्वागत गरियो।

वस्ताराका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले भने, “नेपालमा सेवा थालेकोमा हामी अत्यन्तै हर्षित छौ, नेपाल जाने र नेपालबाट आउने यात्रुहरुले विश्व स्तरीय सेवा र अनुपम सेवा प्रदान गर्न तर्फ बचनबद्धता व्यक्त गरेको भारतको एक मात्र पाँच तारे हवाई सेवाको अनुभव गर्न सक्नेछन् |”

उनले तीन श्रेणी कन्फिगरेसन (व्यवस्थापन) सहितको हवाईजहाज तुरुन्त सेवामा प्रयोग गर्ने बताए । र भारत र नेपालबीच यात्रा गर्ने यात्रुहरुको लागि प्रेमियम इकोनोमी वर्ग मात्र प्रस्ताव गर्ने कन्ननले बताए ।

विस्ताराको सहज उडान तालिकाले बेन्गालुरु, चेन्नई, हैदरावाद, मुम्बई र पुने सहित भारतका अन्य शहर बाट  जान-आउन यात्रुलाई सहज हुन्छ ।

योहवाई सेवाले सन् २०१९ को अगष्ट महिनामा सिंगापुर उडान भरि आफ्नो अन्तराष्ट्रिय उडानको उत्घाटन गरि सो पश्चात दुबई, बैंकक, र कोलोम्बोमा सेवा विस्तार गरेको थियो ।

विस्ताराले  सन् २०२३ सम्ममा न्यारो बडी र वाइड बडी गरि ४० वटा हवाईजहाज थप गर्दैछ | नयाँ हवाईजहाजले विस्तारालाई भारतभित्र वृद्धि हुनको साथै मध्यम तथा लामो दुरीको अन्तराष्ट्रिय गन्तब्यमा उडान भर्न मद्दत गर्ने कम्पनी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment